२० बैशाख २०८१, बिहिबार

विराटनगरबाट १५६ किलो गाँजा सहित ट्रक र चालक पक्राउ

संवाददाता

विराटनगर । मोरङबाट गाँजा सहित प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ । बिराटनगर महानगरपालिका वडा नम्बर १५ बाट लागुऔषध गाँजा सहित ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ बन्दाकोवी बोकेर जाँदै गरेको प्रदेश १–०२–००१ख ८६७७ नम्वरको मिनि ट्रकबाट गाँजा बरामद गरेको हो । बिराटनगर रानी भन्सारको २ नम्वर ढाटमा प्रहरीले चेकजाँच गर्ने क्रममा बोराले छोपेर लुकाएर लग्दै गरेको अबस्थामा ६ बोरा (१५६ किलोग्राम) गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । अवैध गाँजा बरामद भए संगै ट्रक र चालक शहिदभुमि गाउँपालिका–३ धनकुटाका बिवेक राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्