१२ बैशाख २०८१, बुधबार

नेरुडेको वार्षिक समिक्षा, १ लाख ६० हजार ग्राहक सदस्यहरुलाई वित्तीय सेवा प्रदान

संवाददाता

विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले विराटनगरमा वार्षिक समिक्षा सम्पन्न गरेको छ। संस्थाले प्रदेश नं १ मा रहेका ४० वटा कार्यालयका प्रमुखहरुका बिच समिक्षा गरेको हो । आर्थिक २०७८-०७९ को वार्षिक समिक्षाबैठक साथै चालु आ.व.को कार्ययोजनाका सम्बन्धमा छलफल गरेको हो । संस्थाले कर्मचारीहरुको क्षमता विकास तथा समय सापेक्ष आफ्नो सेवालाई परिस्कृत गर्दै लैजान सहभागीहरुलाई सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण र ग्राहक संरक्षण सिद्धान्त सम्बन्धमा समेत जानकारी गराएको थियो । नेरुडे राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाहो । संस्थाले २०७९ आषाढ मसान्त सम्म १ लाख ६० हजार ग्राहक सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्