०७ बैशाख २०८१, शुक्रबार

‘प्रदेश १ को सरकार दशै अघि नै ढल्छ’

कागजात मिलाउन सरकारले अधिवेशन अन्त्य गरेको हुन सक्ने तर्क कार्कीको छ।

संवाददाता

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की पत्रकार भेटघाटको क्रममा

विराटनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकार अशै अघि नै ढल्ने संकेत गरेका छन् । प्रदेश १ मा नयाँ सरकार दशै अघि नै गठन हुने बताएका हुन् । अहिलेको सरकारको बिकल्पको रुपमा नयाँ सरकार बनाउने गृहकार्य शुरु भईकेको कार्कीले बताए । संसदीय दलको तर्फबाट विराटनगरमा पत्रकार भेटघाटको क्रममा उनले कसको सरकार बन्छ भन्दा पनि शेरधन राईको बिकल्पमा सरकार बनाउने गृहकार्य भएको स्पष्ट पारेका हुन् ।
शेरधन राई नेतृत्वको सरकार दशैँ अघि नै ढल्छ उनले भने, नेतृत्व कसको आउने भन्ने भन्दापनि सरका ढल्ने कुरामा म विस्वस्त छु । प्रदेश सरकारले बर्खे अधिवेशन अन्त्य गर्ने अनौठो भन्दा पनि विगतकै कार्यलाई निरन्तरता दिएको उल्लेख गरे । प्रदेश सरकारले ल्याएको बजेट नैतिक रुपमा फेल भएको दाबी गर्दै कार्कीले प्राविधिक रुपमा मात्र सफल भएको उल्लेख गरे ।
मुख्यमन्त्रीले यही अधिवेशनमा नामकरण गर्ने भनेर सदनको पहिलो अधिवेशनदेखि नै रटान गरेपनि त्त्यो थेगोजस्तो मात्र बनेको बताए । यो अधिबेशनमा पनि उही रटान गरे तर ल्याउन नसकेकोमा सरकारको आलोचना गरे । प्रदेश क्याबानेट मन्त्री हिक्मत कार्कीले आफ्नो दलमा छलफल हुन बाँकी रहेको जानकारी गराएको तर आफूहरुले सभामुखलाई नामबारे सूचना निकाल्न आग्रह गर्दा दलमा छलफल गरेर आउन भनेको सुनाए ।
अहिले अध्यादेशको चर्चाले चालु अधिवेशनमा आउला भनेर कागजात मिलाउन सरकारले अधिवेशन अन्त्य गरेको हुन सक्ने तर्क कार्कीको छ। सदनमा ५१ प्रतिशत वहुमत भएर पनि मुख्यमन्त्रीले सरकारलाई दिशा दिन नसकेको आरोप लगाए ।

यहाँ कमेन्ट गर्नुहोस्