१६ चैत्र २०८०, शुक्रबार

बुढिगंगाको प्रगतीटोलको शिवपाञ्चायन मन्दिरमा हरेकदिन भजन संकिर्तन

संवाददाता

विराटनगर । साउन महिनाको सोमबार विशेष महत्वका साथ शिव भगवानको पुजा आरधाना गर्ने गरिएको भएपनि बुढिगंगामा भने महिना भरी नै धार्मिक कार्य हुँदै आएको छ। स्थानीयको आयोजनामा हरेक दिन भजन, किर्तन सहितका धार्मिक कार्यक्रम हुने गरेको हो । साउन महिना भरी ने मोरङको बुढीगंगा गाउँपालिका ४ मा एकमहिने धार्मिक कार्यक्रम आयोजना हुँदै आएको छ।
बुढीगंगा वडा नम्बर ४ नेमुवा स्थित प्रगतिटोलको उत्पतिका भजनकिर्तन सेवा मञ्च र उत्पतिका शिव पाञ्चायन मन्दिरले संयुक्तरुपमा एकमहिने धार्मिक कार्यक्रम आयोजना गरेको हो । दैनिक रुद्री, हवन, भजन किर्तन तथा शिवपुराण वाचनको हुँदै आएको समितिले जनाएको छ।
प्रत्येक सोमबार पालिकाका विभिन्न स्थानमा रहेका शिवालयहरुमा घुम्ती धार्मिक कार्यक्रम आयोजनागर्ने गरिएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर विष्टले जानकारी दिए । साउन १ यता एकमहिने धार्मिक कार्यक्रम शुरु भएपछि हालसम्म लिचि बगानमा रहेको शिवालय, उत्पतेश्वर शिव मन्दिर र गोकुवाको शिवालयमा शिवपुराण वाचन सहितका कार्यक्रम आयोजना गरिसकिएको उनले बताए ।
धार्मिक कार्यक्रम अन्र्तगत ताण्डव स्त्रोत लागयतका धार्मिक संकिर्तन समेत आयोजना गर्ने गरिएको छ । कार्यक्रममा शास्त्री पण्डित रमेश ढुंगानाले शिवपुराण वाचन गर्ने गरेका छन् । आयोजक संस्थाका प्रेमप्रसाद अधिकारी,कंचन काफ्ले,निशा खतिवडा र कल्पना भण्डारीले सामुहिक रुपमा नियमित भजनकिर्तनको नेतृत्व गर्दै आएका छन् ।
धार्मिक मान्यता अनुसार साउन महिनामा शुद्धभई ब्रत बस्दा आफ्नो मनोेकाक्षा पुरा हुने विस्वास गरिँदै आएको छ। पार्वतीले भगवान शिवलाई प्राप्त गरेको विश्वास सहित हरेक सोमबार भगवान शिवको पुजा आरधना गर्ने गरिन्छ । साउन महिना भगवान शिवको प्रिय महिना भएको विश्वासमा हिन्दु धर्मावलम्बीहरुले यो महिनालाई बिशेष महत्व दिने गरेका छन ।

यहाँ कमेन्ट गर्नुहोस्