१३ बैशाख २०८१, बिहिबार

नेरुडेको धरानमा वित्तीय साक्षरता, विद्यालयलाई १० थान पङ्खा वितरण

संवाददाता

विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले बिभिन्न क्षेत्रमा सामाजिक अभियानलाई तिब्र बनाएको छ । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा ६ पानबारीमा रहेको सरस्वती मा.वि.मा वित्तीय साक्षरता तथा पङ्खा वितरण गरेको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले विद्यालयलाई १० थान सिलिङ्ग पङ्खा हस्तान्तरण गरे ।
प्रमुख कार्यकारी अधिकृत बस्यालले वित्तीय साक्षरता सम्बन्धीका विषयहरु कर्जा, बचत, रेमिट्यान्स, लघुउद्यम, बीमा र पारिवारिक बजेट सम्बन्धमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा शाखा कार्यालय धरानका शाखा प्रबन्धक सुमन भट्टराईले नेरुडेले धरानमा दिएको सेवाको बारेमा जानकारी गराएका थिए। योजना विभागका विभागीय प्रमुख कृष्ण बहादुर खड्काले संस्थागत परिचय साथै सामाजिक कार्यमा नेरुडेले खेलेको भूमिका तथा भावी कार्य योजनाका विषयमा चर्चा गरे । नेरुडेका प्रमुख कार्यकारी अधिकृत बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा धरान उपमहानगरपालिका वडा ६ का वडा अध्यक्ष भुपेन्द्र भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश कटुवाल, प्रधानाध्यपक गंगाप्रसाद धमला लगायको उपस्थितीमाभएको थियो ।
त्यसैगरि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतले वित्तीय साक्षरता सगै प्रविधि साक्षरताको समेत आवश्यकता भएकोमा जोड दिए ।
वडा अध्यक्ष भुपेन्द्र भट्टराईले नेरुडेले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै यस किसिमको कार्यक्रमले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्राप्त गर्न सहज बनाएको बताइ । विद्यालयका प्र्रधानाध्यापक गंगाप्रसाद धमलाले विद्यालय मार्फत गएका वित्तीय साक्षरताहरु अभिभावकसम्म सिकाईको आधार बन्ने बताए ।
कार्यक्रममा बंगलादेशका प्रो.डा.मोहम्द युनुसले सुरु गर्नुभएको थ्रीजिरो कल्ब (जिरो कार्बन उत्र्सजन, जिरो गरिबी, जिरो बेरोजगारी) को अवधारणाका विषयको छलफलमा सहभागी भएको कार्यक्रमका फोकल पर्सन राजु श्रेष्ठले बताए।

यहाँ कमेन्ट गर्नुहोस्