०७ बैशाख २०८१, शुक्रबार

एमाले मोरङको निर्वाचन लक्षित प्रशिक्षण गर्ने

संवाददाता

विराटनगर । ४ मंसिरलाई प्रदेश तथा संघको निर्वाचन घोषणा भएसँगै नेकपा एमाले मोरङ निर्वाचनमा केन्द्रित भएको छ । साउन भित्रमा पार्टीका सम्पूर्ण किमिटी तथा जनसंगठनलाई गतिशिल बनाउने निर्णयका साथ अघि बढेको एमाले मोरङले भदौं भर राजनैतिक तथा वैचारीक प्रशिक्षण दिने भएको छ । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले आसन्न प्रदेश तथा संघको निर्वाचनमा जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा एमालेलाई विजयी बनाउने अभियानका साथ लाग्ने बताए। उहाँले यसका लागि पार्टीका सबै ‘वीङ्स’लाई सक्रिय बनाई, प्रशिक्षण दिएर सामाजिक अभियानमा खटाइने बताए। यहि सन्दर्भमा जिल्ला स्तरीय प्रशिक्षण साउन २३ गतेलाई तय गरिएको उनको भनाई छ । पोखरेलका अनुसार जिल्लाका सबै वडा कमिटीका पदाधिकारीदेखि माथिका नेता कार्यकर्ताको उपस्थिती रहने प्रशिक्षणलाई पार्टीका महासचिव शंकर पोखरेलले प्रशिक्षण दिनेछन् । मोरङको सुन्दरहरैचा स्थित विराटचोकमा हुने प्रशिक्षण कार्यक्रम स्थानीय जेसिस भवनमा सञ्चालन हुने एमाले मोरङ प्रचार तथा प्रकाशन विभाग प्रमुख सन्तोष वान्तवाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्