१५ चैत्र २०८०, बिहिबार

प्रदेशका संरचना विराटनगर बाहिर लग्ने बारे कसैसित सम्झौता हुँदैन : मेयर कोइराला

संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा स्थानीय संरराजधानी बचना बनाउने बारेमा सहयोग गर्ने बताएका छन् । उनले राजधानीको संरचना अन्यत्र बनाउने बारेमा कसैसित सम्झौता नहुने बताए ।
विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि महानगरले सहयोग गर्न तयार रहेको उल्लेख गरे । स्थायी राजधानीका संरचना निर्माण गर्न भन्दै प्रदेश सरकारले जग्गा खोजीका लागि समिति गठन गरेको छ ।
मेयर कोइरालाले विराटनगर महानगर क्षेत्रभित्रै राजधानीका लागि आवश्यक पर्ने सबै भौतिक संरचना निर्माण हुनुपर्नेमा जोड दिए । ‘धेरै संरचनाहरू विराटनगर भित्रै निर्माण भइसकेका छन्, कोइरालाले भने, प्रदेशका संरचना निर्माणका लागि जग्गा आवश्यक परे महानगरले उपलब्ध गराउँछ ।’ वृहत्तर विराट क्षेत्रको अवधारणालाई आधार मानेर प्रदेश सरकारले विराटनगरलाई राजधानी तोकेको थियो । जसले विराटनगरभन्दा बाहिर पनि राजधानीका संरचना निर्माण गर्न सक्ने अवस्थाको केही कानुनी छिद्र छाडेको छ। वृहत्तर विराट क्षेत्रले १८ वटा पालिका समेटेको छ ।
प्रदेश सरकारले औपचारिक रुपमा महानगरलाई जग्गाका लागि आग्रह गरे उपलब्ध गराउन तयार रहेको मेयर कोइरालाको भनाइ थियो । अहिलेसम्म प्रदेश सरकारका तर्फबाट राजधानीकालागि भौतिक संरचना निर्माण गर्न जग्गा उपलब्ध गराउन भनेर औपचारिक एउटा पनि पत्र नआएको खुलासा गरे ।
कार्यक्रममा भेटेका बेला लु लग्गा उपलब्ध गराइदिनुहोस् भनेर मात्र नहुने बताएका कोईरालाले सबैले बिधि र बिधान अनुसार काम गर्नु पर्ने भएकोले महानगरमा औपचारिक पत्र आए छलफल गरेर जग्गा उपलब्ध तयार रहेको बताए ।
राजधानीका संरचना एकै ठाउँ हुनुपर्नेमा उनको जोड थियो । एउटै कम्पाण्डभित्र संसदसहित सबै मन्त्रालय भए काम गर्नसमेत सहज हुने उनको बुझाइ छ । एउटै पर्खालभित्र संसद, मुख्यमन्त्री र अन्य मन्त्रालयहरू भएमा जनतालाई मात्रै होइन मन्त्रीहरूलाई पनि धेरै सहज हुने उनको बुझाई छ।
राजधानीका संरचनाहरू छरिँदा प्रदेशमाथि व्ययभारसमेत थपिने कोइरालाले बताए । विराटनगरमा प्रदेशसभा राखेर अन्य संरचना बिराटनगर बाहिर लग्ने बारेमा प्रदश सरकारले गृहकार्य गरेको आरोप लागि रहेको अबस्थामा मेयरले विराटनगर बाहिर संरचना निर्माण गर्ने बिषय सरकारले सोच्न पनि नहुने बताएका हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्