१३ बैशाख २०८१, बिहिबार

सप्तकोशी गाउँ पसेपछि ५५ जना बालबालिका प्रभावित, पाए पौष्टिक आहार

संवाददाता

विराटनगर । सप्तकोशीको भंगालो गाउँ पसेपछि बिस्थापित भएका बालबालिकाको पढाई प्रभाबित भएका बालबालिकालाई सरकारी निकाय तथा संघ संस्थाले सहयोग थालेका छन् । विस्थापित भएका परिवारका बालबालिकालाइृ पोष्टिक आहार वितरण थालिएको हो । राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ विराटनगरको समन्वयमा बालहेल्पलाईन १०९८, सिविन नेपाल, भ्वाईस अफ चिल्ड्रेन र सिपिसिएसले बालबालिकाको पहिचान गरि सहयोग गरेको हो । सप्तकोशीको भंगालो गाउँ पसेपछि विस्थापित भएका वेलका नगरपालिकाका प्रभावितलाई अस्थायी संरक्षण गरिएको हो । सप्तकोशी प्रभावित ५५ जना ५ वर्ष मुनीका बालबालिकाहरूकालागि पौष्टिक खानेकुरा वितरण गरिएको राष्ट्रिय बाल अधिकार परिषद प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिए । बालबालिकालाई लक्षित गरि सहयोग गरिएको उनको भनाई छ। वेलका नगरपालिकाका प्रवक्ता पदम वहादुर खड्का र बालकल्याण अधिकारी, ज्योती राई मार्फत ति सामाग्री बालबालिकालाई उपलब्ध गराईएको छ।
यी संस्थाहरुले २ लाख ७५ हजार मुल्य वरावरको पौष्टिक आहार वितरण गरेका हुन् । सामग्रीमा शिशुहरुकोलागि आबश्यक पर्ने ल्याक्टोजिन दुध, लिटोको पिठो, घिउ, अण्डा, फलफुल, झुल तथा बच्चाको कपडा, सावुन, गेडागुडी उपलब्ध गराईएको अधिकारीले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्