१३ बैशाख २०८१, बिहिबार

विराटनगरमा ‘तपाईको मास्क खै ?’ अभियान

संवाददाता

‘तपाईंको मास्क खोई हजुर?’ अभियान

विराटनगर । विराटनगरमा ‘तपाईंको मास्क खोई हजुर?’ अभियान शुरु भएको छ। एल.पि.ग्यास बिक्रेता संघ मोरङको आयोजनामा बुधबारदेखि एकहप्ते अभियान शुरु भएको हो । हरि इन्जिनियरिङ वकर्स प्रा.लि. तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सहकार्यमा विराटनगरस्थित रोडशेष चौकबाट अभियान शुरु भएको हो । रोडशेष चौकमा पहिलो दिन नै एक हजार पिस मास्क मास्क वितरण भएको एलपी ग्यास बिक्रेता संघ मोरङका अध्यक्ष गणेशकुमार साहलले जानकारी दिए । अभियानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक चन्द्रबहादुर खड्का, ट्राफिक प्रहरी नायव निरीक्षक बिनोद कुमार तिम्सिना, एलपी ग्यास बिक्रेता संघ मोरङका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ, सचिव सुधीर यादव, विकास लालवानी, सन्तोष रौनियार, सुर्यमान बज्राचार्य, शिव नारायण गुप्ता, किशोर माली, नेपाल सोनार समाज सेवा समिति मोरङ अध्यक्ष महेश कुमार साह लगायत सहभागी थिए ।
सचेतना अभियानमा हरेक नागरिकलाई सर्जिकल मास्क हरेक ६/६ घण्टा फेर्नु पर्ने सहितको जानकारी दिईएको थियो । संघले बिहिबार दुर्गा चौकमा मास्क वितरण गर्ने तथाा सचेतना जगाउने जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्