१४ बैशाख २०८१, शुक्रबार

१२ लाख मुल्य बराबरको सामान विराटनगरबाट बरामद

संवाददाता

विराटनगर । भारतबाट नेपाल तर्फ अबैध भन्सार छलेर ल्याएको सामान प्रहरीलेबरामद गरेको छ। बिराटनगर महानगरपालिका वडा नम्बर १५ बाट प्रहरीले भन्सार छलि नेपाल ल्याउदै गरेको अवैध सामान बरामद गरेको हो । रातीको समयमा नेपाल तर्फ ल्याउँदै गरेको अबैध सामान १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा १२ लाख मुख्य बराबरको बिभिन्न किसिमका कपडा बरामत भएको प्रहरीले जनाएको छ। भारतीय नम्बरको ट्रयाक्टरमा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको बिभिन्न किसिमका कपडा तथा जुत्ताहरु बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। अबैध सामान बरामद भए सगैं ट्याक्टर र चालक समेतलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्