१५ आश्विन २०७९, शनिबार

पत्रकार निष्ठुरी र खतिवडा पुरस्कृत हुने

संवाददाता

विराटनगर, ८ भदौ । नेपाल पत्रकार महासंघ मोरङ शाखाले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी र सञ्चार क्लव उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडालाई पुरस्कृत गर्ने भएको छ । महासंघका पूर्व अध्यक्ष निष्ठुरीलाई कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ प्रदान गर्ने निर्णय भएको अध्यक्ष संजीव खनालले जानकारी दिए । पुरस्कारको राशी २५ हजार रहेको छ । यसअघि सो पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीलाई प्रदान गरिएको थियो । त्यसैगरि खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार २०७९ सञ्चार क्लव उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडालाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कारको राशी ११ हजार रुपैयाँ रहेको छ । सो पुरस्कार यसअघि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षद कमल पौडेललाई प्रदान गरिएको थियो ।
दुवै पुरस्कार मोतिराम जयन्तीका अवसरमा भदौ ११ गते प्रदेश नम्वर १ का सभामुख प्रदीपकुमार भण्डारीबाट समर्पण गर्ने निर्णय गरिएको सचिव नेत्र पी अधिकारीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्