२६ बैशाख २०८१, बुधबार

चुनाव नजिकिँदै गर्दा लालपुर्जाको राजनीति, कानेपोखरीका ६७ जनालाई पूर्जा बाँडियो

संवाददाता

विराटनगर । सरकारले मोरङको कानेपोखरीको वडा नम्बर ६ का ६७ जना भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलित परिवारलाई धनी पुर्जा वितरण गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुकुम्वासी परिवारलाई धनीपुर्जा वितरण गरेकी हुन् । निर्वाचन नजिकिँदै गर्दा भोटको राजनीति गर्न पुर्जालाई अस्त्र बनाउन थालिएको छ ।
सरकारले गत वर्ष कात्तिकदेखि हालसम्म ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरेको दावी गरिएकोछ। लालपूर्जा वितरण समारोहलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री श्रेष्ठले लालपुर्जा निर्वाचनका कारण धनि पुर्जा वितरणको काम नरोकिने दाबी गरिन् । कात्तिकको १६ गते महोत्तरीको रामगोपाल गाउँपालिकाबाट सुरु गरेको धनिपूर्जा वितरण हालसम्ममा ४९ हजारलाई वितरण गर्न सकिएकोमा उनले गर्व गरिन् ।
उनले पूर्जा बाँड्ने कुरा राज्यको दायित्व भएको पनि बताइन् । आफुले कुनै सदासयता, दया, मायाका कारण आएर पूर्जा नबाँडेको दाबी गरेकी मन्त्री श्रेष्ठको थियो। मन्त्री श्रेष्ठले यो काम चुनाव वा कुनै पनि बाहनामा रोकिनु नहुने पनि बताईन् ।
कार्यक्रममा सुकुमबासी आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्का, आयोग मोरङकी अध्यक्ष सुशीला घिमिरे (सामना), कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोलाअधिकारी लगायतको उपस्थिति थियो । कार्यक्रमस्थलमै भूमिहीन सुकुम्बासी २७ जना र भूमिहीन दलित ९ जनाले जग्गाको धनीपूर्जा पाएका छन् । अन्यलाई तत्काल वितरण गर्ने जनाईएको छ।

यहाँ कमेन्ट गर्नुहोस्