२६ भाद्र २०८१, बुधबार

संविधान दिवस : प्रदेश सरकारले विराटनगरमा वृक्षारोपण गर्ने

संवाददाता

विराटनगर । आठौँ संविधान दिवस प्रदेश १ सरकारले विभिन्न कार्यक्रम गरि मनाउने भएको छ। दिवसको अवसरमा वृक्षारोपण तथा दीपावली लगायतका कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयमा भएको संविधान दिवस मनाउने बारेमा विराटनगरमा भएको छलफलमा तीनदिनसम्म विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय भएको हो ।
सरकारले असोज २ गते प्रदेश भित्रका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूले राष्ट्रिय झण्डाका साथै दिवस केन्द्रित ब्यानर सजाई कार्यालय परिसरको सरसफाइ गरिने र साँझ दीपावली गरिने छ । यस्तै ३ गते, विराटनगरको रानीदेखि बरगाछिसम्मको क्षेत्रमा रहेको सडकको बिच भागमा वृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरिने भएको छ ।
यस्तै सोही दिन प्रदेशवासी आमनागरिकलाई आ–आफ्नो घर टोल र महत्वपूर्ण सार्वजनिक स्थलहरूको सरसफाइका साथै घरघरमा दीपावली गर्न आव्हान गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव गणेश नायकले जानकारी दिए । यस्तै ४ गते दीपावली गरेर दिवस मनाउने सरकारको तयारी छ ।
२०७२ मा नेपालको संविधान जारी भएपछि सरकारले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउने गरिएको छ। हरेक बर्ष प्रभात फेरी तथा गोष्ठीमा सीमितहुने दिवसलाई यो वर्ष फरक ढङ्गले वृक्षारोपण गरि मनाइने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले जानकारी दिए । सडकको सौन्दर्यकरण र हरियाली बनाउनुका साथै जलवायु परिवर्तनको सम्भावित जोखिमलाई कम गर्न वृक्षारोपण कार्यक्रमको आयोजना गरिने कार्कीको भनाई छ। वृक्षारोपण कार्यक्रममा निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल स्काउटका प्रतिनिधि तथा हामी स्वयंसेवी अभियानका विद्यार्थीहरूको सहभागिता रहने जनाईएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्