०८ बैशाख २०८१, शनिबार

विराटनगरमा मेगा ब्लड डोनेशनको तयारी, एकैदिन ५ सय पिन्ट रगत संकलन गर्ने लक्ष्य

संवाददाता

विराटनगर । विराटनगरमा मेगा ब्लड डोनेशन हुने भएकोछ । तेरापंथ युवक परिषदले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि बृहद रक्तदान गर्ने बारेमा जानकारी दिएको हो । आगामी असोज १ गते दुई स्थालमा क्याम्प संचालन गरेर रक्तदान कार्यक्रमको आयाजना गर्न लागिएको जानकारी दिएको हो ।
विराटनगरको मेनरोडमा रहेको जैन भवन र धरान रोडस्थित भाटभटेनी सुपर मार्केटमा रक्तदानको लागि स्थानहरु तोकिएको जानकारी दिईएको छ । विराटनगरमा रहेको रक्तसञ्चार केन्द्र्रको क्षमता अनुसार ३ सयदेखि ५ सय पिन्ट रगत संकलन गर्ने योजना रहेको तेरापंथ युवक परिषदका सचिज मोहित लालवानीले जानकारी दिए । कोभिडको समयदेखि रगत अभाव हुँदै गएको अबस्थालाई मध्यनजर राखेर रगतको सहज आपुर्तिको लागि सहयोग पुगोस् भनेर कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । मेगा ब्लड डोनेशन ड्राईभ नाम दिएर बृहद रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिईएको थियो । तेरापंथ युवक परिषदले देशभरीका १८ वटा स्थानहरुबाट १२ सयदेखि १५ पिन्ट रगत संकलन गर्ने लक्ष रहेको तेरापंथ युवक परिषदका पुर्व अध्यक्ष तथा कार्यक्रम संयोजक विनय पारखले जानकारी दिए । परिषदले पत्रकार सम्मेलनमा सबैलाई रक्तदानमा सहभागी हुन आग्रह समेत गरेको छ। यो अभियानमा नेपाल रेडक्रस सोसाईटी, जैन श्वेताम्ब तेरापंथी सभा, तेरापंथी महिला मण्डल, मारवाडी युवा मञ्च विराटनगर, लायन्स क्लब, ओस्वाल युवा मञ्च विराटनगर, तेरापंथ किशोर मण्डल लगायतका संघ संस्थाहरु रहेको परिषदका अध्उइा पंकज लुनियाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्