०६ बैशाख २०८१, बिहिबार

संविधान दिवसमा विराटनगरमा २२ सय विरुवा रोपियो

संवाददाता

विराटनगर । सोमबार बिहान विराटनगरको रानीदेखि बरगाछीसम्म लामबद्ध कर्मचारी र जनप्रतिनिधिहरु देखिन्थे । कोही हातमा राष्ट्रि झण्डा बोकेका कोही बिचभागमा फुल तथा बिरुवा रोप्दै गरेको दृश्य हेर्दा निक्कै लोभलाग्दो थियो । प्रदेश १ सरकारको अगुवाईमा विराटनगर महानगरपालिकासँगको समन्वयमा संविधान दिवसको अवसर पारेर बृहत बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको थियो ।
८ किलोमिटर वृक्षारोपण गरि रहँदा बृक्षारोपण गर्नेमा राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधि बाहेक स्थानीयको उपस्थिती देखिएन । नागरिकको तर्फबाट विराटनगरमा भएको यति ठुलो कार्यक्रममा सहभागीता अत्यन्त कमजोेर थियो । यो दृश्य हेर्दा लाग्थ्यो संविधान दिवस मनाउने काम राष्ट्र सेवकको मात्र हो, नागरिकको कुनै भुमिका नै छैन । २०६२÷०६३ को जनआन्दोलनको जगमा बनेको नेपालको संबिधान २०७२ जारी भएपछि नेपाल बिधिवत रुपमा गणतन्त्रमा प्रबेश गर्यो भने संविधानको बलमा संघीयता कार्यान्वायनमा गयो । दिवस मनाउँदै गर्दा विराटनगरको सडकभरी बृक्षारोपण गर्न जानेमा राष्ट्रसेवक, मन्त्री र जनप्रतिनिधि विरुवा रोप्दै गर्दा नजिकै रहेका स्थानीय रमिते देखिन्थे । कार्यक्रममा सहभागी भएका एक मन्त्रीले विराटनगरमा जनसहभागीताको कुरा अन्त्यन्त कमजोर देखिएको भन्न भ्याए । ‘राज्यले यो र त्यो गरेन भनेर गुनासो गर्नभन्दापनि नागरिकले आफ्नो भुमिका पनि बुझ्नु पर्छ, ती मन्त्रीले भने, यो अभियान अर्थात विराटनगरको सौन्दर्यकरण गर्ने कुरामा जनसहभागी मुख्य बिषय हो ।’
विरुवा रोप्न फरक क्षेत्र
विरुवा रोप्नको लागि बिभिन्न क्लष्टरहरु छुट्याईएको थियो । विराटनगर महानगरपालिकाले बरगाछिदेखि विराटनर्सिंङहोम चोकसम्म, त्यहाँदेखि दक्षिण शनीमन्दीरसम्म नेपाली शेना, शनिमन्दिर देखि रोडशेष चोकसम्म निजामती कर्मचारीले वृक्षारोपण गरेका थिए । रोडशेष चोकदेखि दक्षिण डिग्री क्याम्पससम्म ७ वटा ब्लक विद्यार्थी र स्काउटले बृक्षारोपण गरे भने नेपाल–भारत सीमादेखि डिग्री क्याम्पससम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले वृक्षारोपण गरेका छन् । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले विराटनगरगलाई सौन्दर्यकरण र हरियाली बनाउने पहिलो अभियान भएको बताईन् । बृक्षारोपण मात्र गरेर नहुने बताएकी कार्कीले भालीका दिनमा बैठक बसाएर यसको संरक्षणको मोडालिटी बनाईने बताईन् । विराटनगरको बरगाछीदेखि भन्सारगेट रानीसम्म करिब ८ किलोमिटर मध्ये ५ किलोमिटरमा बृक्षारोपण गरिएको छ । संरक्षणका लागि महानगरसँग समन्वय भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काँशीराज दाहालले बताए । वृक्षारोपण भएका विरुवाहरु केही समय संरक्षण गरेर सम्बन्धित ठाउँको अगाडीको विरुवा संरक्षणको दायित्व नजिकैका ब्यवसायीक संस्था, बैक तथा वित्तीय क्षेत्रलाई जिम्मा लगाउने तयारी भएको प्रजिअ दाहालले बताए । प्रजिअ दाहालले नागरिक सहभागीताको बिषय महानगरपालिकाले आब्हान गरेको अबस्थामा पनि कमजोर भएकोब ताए । ‘राजनीतिक दलहरुलाई पत्र पठाईएको थियो, उनले भने, जनसहभागीता कमजोर भयो, नागरिक सहभागीताको कुरा वडा र महानगरपालिकाको हो ।’
प्रदेश १ आन्तरिक मामिला मन्त्रालयको समन्वय, जिल्ला प्रशासन कार्यलय मोरङको संयोजन र विराटनगर महानगरपालिकाको आब्हानमा विराटनगरमा २२ सय बिरुवा रोपिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विराटनगरको वृक्षरोपण भब्य भएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्