१४ बैशाख २०८१, शुक्रबार

१६५ क्षेत्रमा निर्वाचन अधिकृत तोकिए, प्रदेश १ मा को कहाँ ?

संवाददाता

विराटनगर । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि निर्वाचन अधिकृतहरु खटाएको छ । आयोगले एक सुचना प्रकाशित गर्दै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि १६५ जना निर्वाचन अधिकृत तोकेको हो । प्रतिनिधि सभा सदस्य ऐन २०७४ को दफा ८ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ८ बमोजिम जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राज पत्राङ्कित द्धितीय श्रेणीका अधिकृत कर्मचारीलाई २०७९ असोज ११ गतेदेखि लागु हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको निर्वाचन आयोगले जनाएकोछ ।
नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुले असोज १२ र १३ गते निर्वाचन ब्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अनिवार्य सहभागी हुन भनिएको छ। निर्वाचन आयोगले प्रदेश १ का २८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको लागि निर्वाचन अधिकृतको रुपमा ताप्लेजुङमा निर्मला योङ्या, पाँचथरमा टिकेन्द्र दाहाल, ईलाममा दिपककुमार दाहाल र देबेन्द्र ढकाललाई नियूक्त गरेको छ।
संखुवासभामा टेकनाथ गौतम, तेह्रथुममा प्रमेश पोखरेल, धनकुटामा योगेन्द्रप्रसाद साह, भोजपुरमा मणीराम न्यौपाने, खोटाङमा सुभाषबाबु पुरी, सोलुखुम्बुमा प्रकाशकुमार अधिकारी, ओखलढुंगामा टिकाराम आचार्य, उदयपुर क्षेत्र १ मा कृष्णप्रसाद सुबेदी र २ मा जीवनकुमार भण्डारी नियूक्त भएका छन् । झापाका ५ निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृतमा चन्द्रमणी ज्ञावाली, निर्वाचन अधिकृतहरुमा टंकबहादुर महत, केशवप्रसाद पन्त, प्रकाश गौतम, डम्बरप्रसाद काफ्ले छन् । ४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरी जिल्लाको मुख्य निर्वाचन अधिकृतमा अर्जुन अधिकारी र निर्वाचन अधिकृतहरुमा रुद्रप्रसाद अर्याल, एकराज अधिकारी तथा बिदुरकुमार कार्की छन् । सबैभन्दा धेरै मतदाता तथा ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङको मुख्य निर्वाचन अधिकृतमा दुर्गाप्रसाद ढुंगेल तथा निर्वाचन अधिकृतहरुमा गोपालप्रसाद थापा, नरेन्द्रकेशरी पोखरेल, रामहरी शर्मा काफ्ले, मणीराम पोखरेल र गणेश नायक छन् ।

यहाँ कमेन्ट गर्नुहोस्