११ बैशाख २०८१, मंगलबार

शुभकामना आदान प्रदान

संवाददाता

विराटनगर । नेपाल निजामती कर्मचारी संगठन मोरङले शुभकामना आदान प्रदान आयोजना गरेको छ। राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लि. मोरङ र राष्ट्रसेवक जेष्ठ नागरिक समाज विराटनगरको संयुक्त शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको हो । नजिकिँदै गरेको बडादशै, तिहार र छठ पर्बको अवसर पारेर शुभकामना आयोजना गरिएको संगठनले जनाएको छ। शुभकामना कार्यक्रममा राष्ट्रसेवक जेष्ठ नागरिक समाजका अध्यक्ष पितृभक्त पोख्रेल, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य फडिन्द्रनाथ अधिकारी, प्रदेश उपाध्यक्ष,शुभ नारायण यादब, पेशागत महासंघका पूर्व केन्द्रीय सदस्य अशेष लम्साल, चन्द्रकला खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

यहाँ कमेन्ट गर्नुहोस्