१५ चैत्र २०८०, बिहिबार

स्वर्गीय बन्टी स्मृति भेट्रान्स फुटबल विराटनगरमा हुँदै

संवाददाता

विराटनगर । विराटनगरमा ‘स्व.बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ ।
विराटनगरको सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध स्पोर्टिङ क्बल र पेमा युवा क्लबले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेको शनिबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । तीन वटै क्लबले संयुक्त रुपमा आयोजना गर्न लागेको प्रतियोगिताको संयोजक किशोर धमाल रहेका छन् । पत्रकार सम्मेलन संयोजक किशोर धमलाले प्रतियोगिता कुनै नाफा वा व्यक्तिगत फाइदाका लागि नभई एक जना फुटबलमा योगदान पु¥याएका व्यक्तिको स्मृतिमा आयोजना गर्न लागेको हो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ विराटनगरको खेलकुद क्षेत्रलाई चलाएमान बनाउनु हो । ‘तीन वटै क्लब मिलेर फुटबल खेलाडी विजय भुजेल (बन्टी)को स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागेका हौं,’ संयोजक धमलाले भने, ‘नाफा कमाउने उद्देश्यले नभई बन्टीको परिवारलाई केही गर्न सकिन्छ कि भनेर प्रतियोगिता आयोजना गर्न लागिएका हौं । प्रतियोगितामा लागेको खर्चबाट बचेको रुपैयाँ स्वर्गीय बन्टीको परिवारलाई आर्थिक सहयोग गर्ने छौं ।’
एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानियाँले बन्टीले फुटबलमा थोरै समय मात्रै बिताएका थिए । उनले खेल सुरु गरेसँगै जागिरे जीवन पनि सुरुआत गर्न थालेपछि खेललाई स्थगति गरेका थिए । बन्टीलेपछि भेट्रान फुटबल खेल्न थालेको र राम्रो खेलकै कारण धेरै वटा क्लबले खेल्न बनाउने गरेका थिए । यसरी भेट्रान प्रतियोगिता भइरहँदा पुराना खेलाडीलाई एक ठाउँमा ल्याउनुका साथै स्थास्थ्य रहन ठूलो मद्दत पुग्ने भएकोले पनि यस्तो प्रतियोगिता भइरहनु पर्ने बानियाले बताए ।
असोज ९ देखि १५ गतेसम्म विराटनगरको सहिद रंगशालामा हुन लागेको भेट्रान प्रतियोगितामा झापा, मोरङ, सुनसरी र सिराहाका १० वटा क्लबको सहभागिता रहेको छ । टिमुरले मुख्य प्रायोजन गरेको प्रतियोगितामा झापा दमकको दमक–लखनपुर भेट्रान क्लब, विर्तामोड भेट्रान क्लब, सुनसरी इटहरीको जनता भेट्रान क्लब, धरानको हाम्रो धरान भेट्रान क्लब, सिराहाको लहान भेट्रान क्लब, मोरङ विराटनगरको मर्निङ भेट्रान क्बल, एभरेष्ट भेट्रान क्बल, विन्दवासिनी भेट्रान क्लब, युनाइटेड भेट्रान क्बल र आयोजकको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । म्यान अफ द म्याच, म्यान अफ द सिरिजलगायतका व्यक्तिगत पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताअन्तर्गत आइतबारको उद्घाटन खेल दमकको दमक–लखनपुर भेट्रान क्बल र मोरङको एभरेष्ट भेट्रान क्लबबीच हुनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्