१२ बैशाख २०८१, बुधबार

मानव बेचविखन विरुद्ध विराटनगरमा वडा स्तरीय सञ्जाल समुह गठन

संवाददाता

विराटनगर । माइती नेपाल विराटनगरले मानब बेचविखन नियन्त्रणकालागि बडा स्तरीय संजाल समुह गठन गरेको छ। विराटनगर महानगरपालिका वडा नम्बर १३ मा समुह बनाएको हो । माइती नेपाल मोरङको समन्वयमा भएको कार्यक्रममा २३ जना सहभागी थिए । वडा नम्बर १३ का वडा अध्यक्ष सूर्यलाल यादवले सीमा क्षेत्रमा हुने मानव बेचविखन तथा ओसारपासार नियन्त्रणको लागि सञ्जाल समुहले भुमिका खेल्ने बताए । सञ्जाल समुहमा आबद्ध सहभागीहरु विभिन्न टोलको र समाजिक अभियान्ताका रुपमा काम गर्न रुचाउने व्यक्तिहरु रहेको उनले बताए ।
कार्यक्रममा सहभागीहरुले यस किसिमको संजाल समुहमा सहभागी हुन पाउदा खुसी ब्यक्त गरेका छन् । सञ्जालकी संयोजक कुन्ती यादवले वडा तहबाट नै मानव बेचबिखन तथा ओसार पासर विरुद्धको अभियान चलाईने प्रतिबद्धता जनाईन् । उनले एउटा ब्यक्तिको मात्र प्रयासले मानव बेचविखन तथा ओसारपसार नरोकिने बताउँदै सबैको साथ र सहयोग हुनु पर्नेमा जोड दिईन् । माइती नेपाल मोरङका कार्यक्रम संयोजक विनोद पोखरेलले मानव बेचविखन तथा ओसार पसार बिरुद्धको अभियानमा सञ्जाल र माइती नेपाल बिच संयुक्त प्रयासमा काम हुने बताए । वडा स्तरीय गठन भएको समुह सञ्जालको संयोजकमा कुन्ती यादव सहित सदस्यहरुमा रिया यादव, मेलिशा खड्का, गिता ओझा, रिता कुमारी शाह, पिंकी यादव र रेनुका महतो रहेको पोखरेलले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्