१४ बैशाख २०८१, शुक्रबार

मनि ट्रान्सफरमा डकैती गर्ने चार जना पक्राउ

संवाददाता

विराटनगर । ताप्लेजुङमा मनि ट्रान्सफरमा डकैती गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। फुङलिङ नगरपालिका–५ बिरेन्द्र चोकमा अम्वर श्रेष्ठले संचालन गरेको कन्चन मनि ट्रान्सफरमा डकैती गर्ने समुहका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुख्य योजनाकार फुङलिङ नगरपालिका–२ का २९ बर्षीय राजन पर्तेल, शिवसताक्षी नगरपालिका–१ झापाका २६ बर्षीय चुन बहादुर सुनार, अर्जुनधारा–१० झापाका २५ बर्षीय मणिराज पर्तेल र सिदिङवा गाउँपालिका ५ ताप्लेजुङ घर भई फिदिम–१ पाँचथर बस्दै आएका २७ बर्षीय टाईगर भन्ने गजेन्द्र लिम्बु रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएउको छ। गत असोज १७ गते बिहान कंचन मनि ट्रान्सफरमा ४ जनाको समुह पेस्तोल सहित प्रवेश गरी मनि ट्रान्सफरका कर्मचारी आशामाया प्रधानलाई कुटपिट गरी डकैती गरेको थिषे । सो समुहले सेफमा राखेको करिव ३४८ तोला सुनका बिभिन्न गरगहनाहरु र नगद ११ लाख ६३ हजार २ सय ५० रुपैया समेत डकैतीगरि भागेको प्रहरीले जनाएको छ। प्रहरीले खोज तलासको क्रममा संलग्न ३ जनालाई सुनको बिभिन्न गरगहना १४३ तोला र नगद ६ लाख १३ हजार ३ सय ४० रुपैया र १ थान पेस्तोल सहित पक्राउ गरिएको हो भने गजेन्द्र लिम्बुलाई खोज तलासको क्रममा २४ गते बेलुका पक्राउ गरेको छ। पक्राउ परेका ब्यक्तिहरुको सम्बन्धमा ताप्लेजुङ जिल्ला अदालतबाट डाँका मुद्धामा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्