११ बैशाख २०८१, मंगलबार

मोरङ ३ का मतदाताको रेखालाई प्रश्न ‘हामीले जीताएपछि तपाई वेपत्ता हुनु भयो भनेँ !’

संवाददाता

विराटनगर । भोली जितेर तपाई वेपत्ता हुनु हुने हो कीः भोली जीतेपछि वेपत्ता हुनु भयो भने के हामी के गर्नु ? भोली तपाईसामु समस्या लिएर आउँदा तपाईलाई भेट्न नै पाईएन भने अहिले जिताएर पठाएका हामीले के गर्नु ? अहिले भोट माग्न आउनु भएको छ भोली जितेर गएपछि यो भन्दा अगाडीका जनप्रतिनिधिले जस्तै ब्यवहार गर्नु भयो भने तपाईँलाई जिताएको के अर्थ भयो र ? यो प्रश्न मोरङ क्षेत्र नम्बर ३ का स्थानीयले राष्टिय« प्रजातन्त्र पार्टीका उम्मेदवार रेखा थापालाई राखेका प्रश्न हुन् । उनलाई स्थानीयले क्षेत्र नम्बर ३ का समस्याको बारेमा आफ्ना भनाई राखेका थिए । सोमबार क्षेत्र नम्बर ३ का स्थानीयसँगको अन्तरक्रियाको क्रममा उनले स्थानीयका समस्या र समाधानको बारेमा छलफल गरेकी थिईन् । स्थानीयका समस्या समाधान गर्नको लागि आफु तयार रहेको उम्मेदवार थापाले प्रतिक्रिया दिएकी थिईन् ।
लामो समय फिल्मी क्षेत्रमा अनुभव बटुलेकी थापा क्षेत्रमा यस अघिको त्रुटी र विकृतिको अन्त्य गर्नको लागि आफु उम्मेदवार भएको बताउँछिन । उनले आफु अनाबश्यक आश्वासन दिन नआएकोले भोली काम गरेर देखाउने आश्वासन मतदातालाई दिईन् । गाउँको विकासको लागि आफ्ने आबश्यकता महसुस गरेको कारणले आएको उनले सुनाईन् । ‘फिल्मी क्षेत्रमा कुनै सांसद र मन्त्रीको भन्दा कम सेवा सुबिधा पाएको थिईँन, उनले भनिन्, मलाई राजनीतिमा आउनु पर्ने कारण भनेको भोलीका दिनमा मोरङ क्षेत्र नम्बर ३ को विकासको लागि हो ।’
जग्गा धनी पुर्जा वितरण गर्नु पर्ने माग गरेका स्थानीयलाई सम्झाउँदै थापाले भनिन्, ’म पनि यो क्षेत्रवासी हुँ, मेरो पनि धनी पुर्जा छैन, मेरो दाई ५०÷५५ बर्ष हुनु भयो अहिलेसम्म ऐलानीमा बस्नु भएको छ। मेरो भएको जग्गा पनि ऐलानी नै हो ।’ पिडा भोग्नेलाई मात्र समस्याको बारेमा जानकारी हुने भएकोले समस्या समाधानका लागि आफुले गर्न सक्ने उनले बताईन् । अहिलेको नेता जस्तो आफु चुनाव पछि भागेर हिड्ने खालको नभएको बताईन् ।

यहाँ कमेन्ट गर्नुहोस्