०८ बैशाख २०८१, शनिबार

योगेन्द्र मण्डलको चुनाव चिन्ह ‘चापाकल’

Click Biratnagar

विराटनगर । नेकपा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डालले चुनाव चिन्ह चापाकल पाएका छन् । जीवन विकास समाजको संस्थापक अध्यक्ष भएर २५ बर्ष पहिला संस्था स्थापना गरेर सामाजिक क्षेत्रमा लागेका मण्डल राजनीति भन्दापनि सामाजिक पृष्ठभुमीका हुन् । जीवन विकास समाज स्थापना हुनु भन्दा पहिलादेखि निरन्तर समाजसेवामा लागेको मण्डल बताउँछन । करिब ३८ बर्षदेखि निरन्तर समाजसेवामा लागेका बताउने उनी किसान छोरा हुन् ।
मण्डल विराटनगरदेखि २२ किलोमिटर पूर्ब दक्षिण अमाहीबरियातीमा जन्मिएका हुन् । उनले २५ बर्षको अवधीमा संस्था स्थापना गरेपछि अहिलेसम्म २ हजार मानिसलाई प्रत्यक्ष रोजगारी दिएको बताए । कृषिमा आधुनिकीकरण, कृषिमा प्रविधिको प्रयोग, नागरिककालागि सहज र सर्बसुलभ उपचारकालागि अस्पताल समेत संचालनमा ल्याएका छन् । उनले आगामी दिनमा असहाय र बिपन्नका लागि सहज स्वास्थ्य सेवा प्रवाह गर्न ३ सय बेडको अस्पतालको निर्माणको काम शुरु भएको मण्डलले बताए । विपन्नका लागि नमुना विद्यालय संचालन गरि अहिले आर्थिक अबस्था कमजोर भएका विद्यार्थीलाई निःशुल्क पढाउँदै आएका छन् भने उनले संचालन गरेको विद्यालयमा १५ सय विद्यार्थी अध्ययन गर्दै आएको मण्डल दाबी गर्छन् ।
‘गरिबी, शिक्षा, स्वास्थ्य र रोजगारीको लागि कम गर्दै आएको मेरालागि निरन्तर काम गर्दै आएको छु, उनले भने, मेरो उम्मेदवारी भनेको राजनीतिको नीति बदल्न र समाज परिवर्तनकालागि हो ।’

यहाँ कमेन्ट गर्नुहोस्