१४ बैशाख २०८१, शुक्रबार

विनोद ढकालको चुनावी एजेण्डा ‘पाँचहजार बढी युवालाई रोजगार’

Click Biratnagar

विराटनगर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नंं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विनोद ढकालले कम्तिमा ५ हजार युवालाई रोजगार बनाउने बताएका छन् । वेलबारी –५ को शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले समृद्ध नेपाल सुखी नेपालीको आकाक्षा पूरा गर्न पनि युवाहरुलाई रोजगारी र उद्यामशीलतामा जोड्न आवश्यक रहेको बताए । ‘यस क्षेत्रका युवाहरुको रुची अनुसार सीपमुलक तालिम र क्षमता विकास गरी रोजागरीमा लगाइने छ, उनले भने –‘उद्यममा जोडिन चाहनेलाई प्रोत्साहन गरिनेछ ।’
यस्तै मोरङ क्षेत्र नं. ४ कृषि प्रधान क्षेत्र रहेको भन्दै उनले यहाँका सबै कृषकका खेतमा सिचाईंको सुविधा पु¥याइने बताए । सिचाईं नपुगेका क्षेत्रमा सामुहिक बोरिङको व्यवस्था गरी सिचाईं पु¥याइने बताए ।
शिक्षाका पहुँचमा नपुगेका यस क्षेत्रका हरेक बालबालिकालाई अनिवार्य विद्यालय शिक्षाको व्यवस्था गर्ने, सामुदायीक विद्यालयहरुको गुणस्तर बृद्धि गर्न जोड दिइने जोड दिए । ‘सबै बालबालिका विद्यालय जान्छन्, गुणस्तरीय शिक्षा लिन्छन्’ उनले भने ‘यहाँका सामुदायीक विद्यालयमा प्राविधिक र रोजगारमुलक शिक्षाको व्यवस्था गरिनेछ ।’ यस क्षेत्रका जनातको जीवनस्तर उकास्न विभिन्न कार्यक्रमका साथै निशुल्क स्वास्थ्य बिमा, सार्वजनिक शौचालय, कृषि उत्पादनको सहज बजारको व्यवस्था मिलाइने बताए।

यहाँ कमेन्ट गर्नुहोस्