१३ बैशाख २०८१, बिहिबार

टोलै पिच्छे स्थानीयका फरक आबश्यकता, निर्वाचन क्षेत्रमा ढकालको घरदैलो तिब्र

Click Biratnagar

विराटनगर । मोरङको क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने ग्रामथानका जनताले घर दैलो अभियानका क्रममा नेकपा एमालेका उम्मेदवार विनोद ढकाललाई नागरिकका समस्यामा ध्यान दिन सुझाएका छन् । नागरिक समक्ष सुझाव लिन पुगेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद ढकाललाई स्थानीयले नीति निर्माढणसँगै विकासका काममा ध्यान दिन आग्रह गरेका हुन् ।
यसअघिका नेताहरुले चुनावका बेला ठूला– ठूला कुरा गर्ने तर अपेक्षाकृत काम नगर्ने गरेको भन्दै स्थानीयहरुले नयाँ अनुहार पाएकोमा उत्साहित भएको बताएका छन् । पहिलो पटक क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका ढकालसँग स्थानीयले क्षेत्रको चौतर्फी विकासकालागि बजेट ल्याउन सक्ने विश्वास लिएको बताए। गरिबी, बेरोजगारी, तथा पछाडी पारिएका समुदायका नागरिकका समस्यालाई सम्बोधन गर्ने खालको नेतृत्व अहिलेको आबश्यकता रहेको उनले बताए ।
स्थानीय मनोज चौधरीले नागरिकका समस्यालाई बुझ्न सक्ने नेता चाहिएको छ, अहिलेको आबश्यकता युवा भएको बताए । यस्तै स्थानीय भगवती ऋषिदेवले आफुहरुले अनेक दुःख कष्टझेल्नु परिरहेको बताईन । उनले महिलाहरूको क्षमतावृद्धि गर्दै आत्मनिर्भर गर्ने किसिमको नीति तथा कार्यक्रम ल्याउन सुझाव दिईन । स्थानीय सीता ऋषिदेवले गाउँका छोरीहरू विद्यालय जाने र नियमित बढ्ने खालका योजनाहरु ल्याउन सुझाव दिएकी छन् ।
स्थानीयको सुझावलाई कार्यान्वायनमा लग्ने नेतृत्व स्थानीयले खोजेकोले त्यो भिजन आफुसँग मात्र रहेको उम्मेदवार ढकालले बताए । आफ्नो पार्टीको घोषणापत्र र आफ्नो प्रतिवद्धतापत्रले स्थानीयले उठाएका विषयको सम्बोधन गर्ने जनाउँदै प्रतिवद्धता इमान्दारि पूर्वक पूरा गर्ने बताए । शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि नै मेरा प्रमुख एजेण्डा हुन्, उनले भने, यस क्षेत्रका जनताको जीवनस्तर उकास्न कुरामा म गम्भिर रुपमा लाग्ने छु ।’

यहाँ कमेन्ट गर्नुहोस्