१४ बैशाख २०८१, शुक्रबार

विराटनगरका ब्यवसायीको क्षमता विकास

संवाददाता

संकटको समयमा व्यापारको पुनःरणनीतिकरण उत्प्रेरणामूलक कार्यक्रम

विराटनगर । लोकडाउनको समस्या झेल्दै आएका ब्यवसायी अहिले ब्यवस्थापकीय क्षमता विकास कार्यक्रममा जुटेका छन् । मोरङ सुनसरी औद्योगिक करिडोरका प्रतिष्ठानका संचालक र उच्च व्यवस्थापकहरुको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने काम शरु भएको हो । उद्योग संगगठन मोरङको आयोजना तथा नेपाली युवा उद्यमी मंच, विराटनगर च्याप्टरको सहयकार्यमा कोरोनाको महामारीका कारण उद्योग व्यवसाय लगायतका क्ष्ँेत्रहरुले भोग्नु परेको व्यवसायीक समस्यालाई दृष्टिगत गरी संकटको समयमा व्यापारको पुनःरणनीतिकरण उत्प्रेरणामूलक कार्यक्रम भएको हो ।
विश्वव्यवापी महामारीले सिर्जना गरेको आर्थिक संकटले सबै क्ष्ँेत्रलाई निराश तुल्याएको समयमा उद्योगी व्यवसायीले आफनो व्यवस्थापकीय क्ष्ँमतालाई अभिवृद्धि गर्दै दीर्घकालिन रणनीति तर्जुमा गर्नका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको संगठनका अध्यक्ष सुयशराज प्याकुरेलले बताए ।
उद्योगी सौरभ सारडाले आर्थिक विकासका शुत्रधारका रुपमा रहेका उद्योगीहरुले वर्तमान समयमा सामना गर्नुपरिरहेको आन्तरिक र वाह्रय चूनौतिलाई मध्यनजर गरी आयोजना गरेको यस कार्यक्रमले उद्योगीहरुलाई आगामी दिनमा आफनो कार्यदिशा, योजना र रणनीति विकासमा सहयोग पुग्ने बताए ।
कोरोना महामारीले विश्वविख्यात मल्टिनेशनल कम्पनीहरुलाई समेत आफनो व्यवसायीक रणनीतिलाई पुन समिक्षा गर्न वाध्य वनाएको उदाहरण प्रस्तुत गर्दै उद्योगीहरुले अवका दिनमा एक व्यवसायीक योजनामा मात्र सिमित नभई अन्य विकल्पलाई समेत आत्मसात गर्नुपर्ने छलफलमा कुरा उठेको छ। उद्योगीहरुले सकारात्मक सोचका साथ नया दृष्टिकोणबाट आगामी दिनमा गुणस्तरीयतालाई ध्यानमा राखी आक्रामक वजारीकरणको माध्यमबाट खर्च न्यूनिकरण गर्दै प्रतिस्पर्धात्मक क्ष्ँमता वृद्धि गर्नुपर्ने उपायहरुका सम्वन्धमा छलफल भएको सारडाले बताए ।
नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरेले कोभिडका कारण रणभुल्लमा रहेका उद्योगी ब्यवसायीलाई नयाँ बिकल्प र अबसर खोज्नु पर्ने बेला आएको बताए । कार्यक्रम उद्योगी व्यवसायी, वैंकर्स, प्रँध्यापक र विभिन्न उद्योग प्रतिष्ठानका व्यवस्थापकहरु थिए ।

यहाँ कमेन्ट गर्नुहोस्