१३ बैशाख २०८१, बिहिबार

निर्वाचन : मोरङ क्षेत्र नम्बर ५ (ख) यस्तो छ अबस्था

Click Biratnagar

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ आगामी मंसिर ४ मा हुने आम निर्वाचनको लागि चर्चामा रहेको क्षेत्र हो । यो क्षेत्रमा एमालेले जनता समाजवादी पार्टीसँग गठबधन गरेको छ । यो क्षेत्रमा जनता समाजवादी पार्टीका नेता राजकुमार यादवलाई नेकपा एमालेले प्रतिनिधि सभामा सघाएको छ भने क्षेत्र नम्बर ५ (१) मा एमालेका सन्तोष साह र ५(ख) मा जसपाका जयराम यादव उठेका छन् । प्रदेश सभा ५ (क)मा एमालेको पार्टीका नेता साह उनी रंगेलीका हुन् । रंगेली ४ वटा वडा नै एमालेले क्लीन स्वीप गरेको कारण त्यसलाई अंकगणित मानेर गठबन्धन अघि बढेको साहले बताए ।
रंगेलीको वडा नम्बर ४ मा २४८५, वडा नम्बर ५ मा ४१२८, वडा नमबर ६ मा ४५९१ मतदाता रहेका छन् भने वडा नम्बर ७ मा ४५२७ गरि यो रंगेलीमा मात्र १५७३१ मतदाता रहेका छन् ।
त्यस्तै धनपालथान गाउँपालिका नै क्षेत्र ५ प्रदेश क्षेत्र (१) मा पर्छ । ७ वटा वडा रहेको यो पालिकामा २५ हजार ८४९ मतदाता रहेका छन् । जहदाको २ वटा वडा मध्ये वडा नम्बर ५ मा ३८६० र वडा नमबर ६ मा २०१५ मतदाता गरि कुल १३ वटा वडा रहेको ५(क) क्षेत्रमा कुल ४७४५५ मतदाता रहेका छन् ।
त्यस्तै मध्येको अर्को क्षेत्र ५(ख) जसपाका जयराम यादव उम्मेदवार भएका छन् । यो बिराटनगर महानगरपालिका र जहदा गाउँपालिकाका केही वडा जोडिएको छ । क्षेत्र (ख)मा पर्ने विराटनगर महानगरपालिका वडा नम्बर १३ मा ४२१२, वडा १४ मा ६३३४ मतदाता रहेकोमा १५ मा ८४१४ मतदाता छन् । वडा नम्बर १६ मा ४१४०, वडा नम्बर १७ मा ५४२९ र विराटनगर १८ मा ४४९८ मतदाता रहेका छन् ।
५(ख) मा पर्ने विराटनगर महानगरपालिकामा मात्र ३२९९७ मतदाता हुँदा जहदा गाउँपालिकाका ५ वडामा २००१२ मतदाता छन् । ५३००९ मतदाता मोरङ क्षेत्र नम्बर ५(ख) मा रहेका छन् । १ लाख ४६४ मतदाता क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धबाट नेकपा माओवादीका शिवकुमार मण्डल उम्मेदर बनेका छन् भने जसपाबाट राजकुमार यादवलाई उम्मेदवार बनेका छन् । क्षेत्र ५(क) मा सन्तोष साहसँग नेपाली कांग्रेसका गयानन्द मण्डल प्रतिस्पर्धामा छन् । त्यस्तै क्षेत्र ५(ख) बाट प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादव उम्मेदवार भएका छन् भने उनीसँग नेपाली कांग्रेसका अमृत अर्याल प्रतिस्पर्धी छन् । यो क्षेत्र मधेशी बाहुल क्षेत्र भएकोले आफुले जित्ने दावी यादवले गर्दै आएका छन् । यस अघिको निर्वाचनमा क्षेत्र ५ (क) बाट नेकपा एमालेका ज्ञानेश्वर राजबंशी निर्वाचित भए भनेँ क्षेत्र ५(ख) मा जयराम यादव निर्वाचित भएका थिए । यस अघि निर्वाचित भएको कारण यो क्षेत्रमा यादव निर्वाचित हुने बताउँदै आएका छन् भने अर्याल पासा पल्टाउने दाउमा छन् ।

यहाँ कमेन्ट गर्नुहोस्