१६ चैत्र २०८०, शुक्रबार

ईटहरीमा भएको मोटरसाईकल दुर्घटनामा तीनजनाको मृत्यु

Click Biratnagar

विराटनगर । सुनसरीमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १० मा आज साँझ दुइटा मोटरसाइकल एक आपसमा ठोकिएर भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएकोछ । विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल जुधेर दुर्घटना भएको थियो ।
दुर्घटनामा मोरङको बूढीगंगा गाउँपालिका १ का ३० वर्षीय ओजराज लुइँटेल, धरान १५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । दुर्घटनामा गम्भीर घाईते भएका तीनैजनाको विराटनगरमा रहेको आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको खड्काले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्