१४ बैशाख २०८१, शुक्रबार

उम्मेदवार घरघरमा भोट माग्न व्यस्त, विगतका कार्यको समीक्षा गर्दै मतदाता

Click Biratnagar

विराटनगर । मङ्सिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि यतिबेला सबै उम्मेदवारहरू आ-आफ्नो क्षेत्रका मतदाताको घरदैलो अभियानमा छन् । सबैको एउटै लक्ष्य हो निर्वाचनमा आफ्नो लागि मत माग्ने । यसकालागि नेताहरूले आफू निर्वाचित भए के-के गर्ने भन्नुपर्छ भन्दै त्यसको प्रतिबद्धता व्यक्त गर्ने गरेका छन् । राजनीतिक दलका उम्मेदवारहरूले भने अर्को दललाई गाली गर्नेदेखि आफ्नो विकल्प नभएको समेत भन्न भ्याइरहेका छन् । पहिलो पटक उम्मेदवार हुनेहरूले आफूलाई विकल्प हो भन्ने गरेका छन् । धेरै स्थानमा दोहोरिएर निर्वाचनमा उठ्नेहरूलाई भन्दा नयाँलाई अवसर दिनेसम्मका आवाजहरू पनि गाढा हुँदै गएको पाइन्छ । यद्यपि मोरङ क्षेत्र नम्बर ४ मा भने उम्मेदवार धेरै भएपनि मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेका उम्मेदवार बिच नै हुने देखिएको छ ।

यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट अमनलाल मोदी र नेकपा एमालेबाट विनोद ढकाल चुनावी मैदानमा छन् । मोदी यस अघि सोही क्षेत्रबाट नेकपा एमालेसँगको गठबन्धनका कारण प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । ढकाल त्यस क्षेत्रका लागि नयाँ र शक्तिशाली उम्मेदवारका रूपमा प्रस्तुत भएका छन् । केन्द्रीय राजनीतिमा समेत सहज पहुँच राख्ने ढकाललाई त्यस क्षेत्रका जनताले उत्तम विकल्पको रूपमा लिएको स्थानीयको भनाई छ । यस्तै सोही क्षेत्रको प्रदेशसभातर्फ ४(१)मा जयप्रकाश चौधरी नयाँ अनुहारका रूपमा आएका छन् । लामो समयसम्म सामाजिक सेवामा रहेका चौधरी बौद्धिक व्यक्तित्वको रूपमा चिनिन्छन् । यस्तै उनका प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेसका पुराना नेता गुरुराज घिमिरे छन् ।यस्तै ४(२)मा भने सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका भीम पराजुली र नेकपा एमालेबाट जीवन घिमिरे चुनावी मैदानमा छन् । पराजुली विराटनगर महानगरपालिकाका पूर्व मेयर हुन् भनेँ घिमिरे प्रदेश १ को पूर्व सामाजिक विकास मन्त्री हुन् ।

यी दुई नेताबिचको प्रतिस्पर्धालाई भने जनताले मौकामा कसले बढी काम गरेको छ भनेर मूल्याङ्कन गर्ने गरेका छन् । पराजुलीलाई विराटनगर विकासमा कुनै कामै नगर्ने नेताको रूपमा मतदाताले औँल्याउन थालेका छन् । भीम पराजुलीले गरेका कामको कार्यकालका कमीकमजोरीहरू वर्तमान नेतृत्वले श्वेतपत्रबाट खुलासा गरिदिई सकेको छ। पराजुलीले कोभिडको महामारीको बेलामा पनि आफ्ना कार्यकर्ता, व्यापारी, उद्योगी र आफन्तलाई अक्सिजन सिलिण्डर र कोभिड खोप बाँडेको आरोप लागेको थियो ।

अर्कोतर्फ शान्त स्वभावका घिमिरे भने प्रदेशका मन्त्रीहरू मध्ये सबैभन्दा बढी काम गर्ने मन्त्रीका रूपमा चिनिएका छन् । उनले आफ्नो कार्यकालमा गरेका महत्त्वपूर्ण कामहरूले नै जनताको मन जितेको दाबी गरेका छन् । निरन्तर क्षेत्रका जनताको काममा सक्रिय रहेका घिमिरेले कोरोनाको महामारी भित्रँदै गर्दा दिनरात खटेर कोभिड अस्पतालको सञ्चालन र व्यवस्थापन गरेको प्रति जनता धेरै खुसी भएको प्रतिक्रिया दिन्छन् । ‘जनताको सेवामा लाग्ने नेतृत्व चाहिएको छ, विराटनगर- ३ का वेदप्रकाश खतिवडाले भने, ‘हिजो अवसर पाउँदा कसले कति काम गर्‍यो त्यो हेरेर भोट दिने हो ।’

यहाँ कमेन्ट गर्नुहोस्