२४ बैशाख २०८१, सोमबार

विराटनगरकी सोनीको ‘घुमाई देउ सिङ्गो नेपाल’ म्युजिक भिडियो सार्वजनिक

संवाददाता

‘ए हजुर घुमाई देउ संगो नेपाल’ सार्वजनिक

विराटनगर । व्यवसायी तथा समाजसेवी अनिता सोनीको नयाँ म्युजिक भिडियो ‘ए हजुर घुमाई देउ संगो नेपाल’ सार्वजनिक भएको छ । शुक्रबार सिंगो नेपाल नाम युट्युब च्यानल मार्फत म्युजिक भिडियो रिलिज भएको हो । गायक सुरज बानियाँ र गायिका नन्दनी अधिकारीको स्वरमा रहेको गीतको शब्द अनिता सोनीको रहेछ । म्युजिक भिडियोमा अनिता सोनी, दिपिका सोनी बोहरा, आशा अटल, अनिता अग्रवाल, ललिता जाजु, शालु अग्रवाल र सुरज बानियाँको अभिनय रहेको छ ।
नेपालमा धेरै धार्मिक तथा पर्यटकीय स्थलहरुलाई गीत मार्फत देखाउन खोजिएको अनिता सोनीले जानकारी दिईन् । ‘नेपालका प्रमुख धार्मिक स्थलहरुलाई म्युजिक भिडियो मार्फत देखाएका छौं’, उनल् भनिन्, ‘प्रदेश १ का सम्भावित पर्यटकीय क्षेत्रलाई पनि सकेसम्म गीतमा समेटेका छौं ।’
वितेको एक बर्षको अवधिमा सोनीका ५ वटा गीतका म्युजिक भिडियो बजारमा आईसकेका छन् । १० बर्ष देखि संगित क्षेत्रमा लाग्नुभएकी सोनीले ‘कत्ति राम्रो कति प्यारो हाम्रो नेपाल’ राष्ट्रिय लगायतका गीत बजारमा आएका छन् ।
पहिलेदेखि संगीत क्षेत्रमा रहेर भएपनि म्युजिक भिडियो गर्न नपाएको बताउँदै उनले पछिल्लो केही समयदेखि मात्र गीत बजारमा ल्याउन थालेको बताईन् । आगामी दिनमा अरु गीत पनि बजारमा ल्याउने तयारी भईरहेको उनले सुनाईन् ।

यहाँ कमेन्ट गर्नुहोस्