१२ बैशाख २०८१, बुधबार

एमाले उम्मेदवार घिमिरेद्धारा वडागत रुपमा घरदैलो तीब्र

Click Biratnagar

विराटनगर ।मोरङ क्षेत्र नं. ४ (ख) काएमाले उम्मेदवार जीवन घिमिरेले वडागत रुपमा घरदैलो अभियानलाई तीव्र पारेका छन् । मंगलबार विराटनगर ८ का ४ वटा टोलमा घरदैलो गरिएको घिमिरेको सचिवालयले जनाएको छ ।
विराटनगर ८ का छठीमाई मन्दीर बलुवाही, राजवंशी टोल, अमर टोल र बालगोपाल टोलमा घरदैलो गरिएको बताईएको छ ।
उम्मेदवार घिमिरेले घरदैलोसँगै ५ वर्षमानिर्वाचन क्षेत्रमाआफुले गरेकाकाम र आगामीदिनमागर्ने योजना, ५ वर्षको अवधिमा शुरु भएर बाँकी रहेका योजनाहरु पुरा गर्नकालागि पुन ः उम्मेदवार भएर आएको बताए । आगामीमंसिर ४ गते हुने निर्वाचनकालागि घर–घरमाएमाले उम्मेदवार घिमिरे पुग्दा स्थानीयवासीहरुले भव्य स्वागतगर्दै आएका छन् । घिमिरेलाई आगामीदिनमागर्नुपर्ने योजनाहरुपनि स्थानीयबासीले टिपाउने गरेका छन् । ५ वर्षको अवधिमा टिपाएका अधिकांश योजनाहरुनिर्वाचन क्षेत्रमा पर्न सफलभएको विराटनगर ८ कामनोज महतोले बताए । सामाजिकविकास मन्त्रीभएका समयमाएमाले नेता घिमिरेले निर्वाचन क्षेत्र र प्रदेशवासीमाउल्लेख्य कामकाम गरेको उहाँको भनाई छ ।
मोरङ ४ (ख) को घरदैलो कार्यक्रममा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यकाउम्मेदवार विनोद ढकालपनि सहभागी थिए। ढकालले नागरिकको आबश्यकता र चाहनाका आधारमा नागरिक स्तरबाट आएका समस्यालाई सम्बोधन गर्दै जाने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्