०७ बैशाख २०८१, शुक्रबार

प्रदेश १, प्रतिनिधिसभामा ६५ बर्ष काटेका ४२ उम्मेदवार, शेखर कोईराला ७२ बर्षीय उम्मेदवार

Click Biratnagar

विराटनगर। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा प्रदेश १ बाट ४२ जना उम्मेदवार ६५ बर्ष कटेका छन् । दलबाट उम्मेदवारी दिएकका यी उम्मेदवाहरु मध्ये केही लगातार दोहोर्याउने मध्येमा पनि पर्छन् । ६५ बर्ष कटेका उम्मेदवारमा स्वतन्त्र ८ जना रहेका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांक अनुुसार सबै भन्दा बढी उमेरका तेह्रथुमका ८७ बर्षीय युवराज गौतम छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेवार हुन् । त्यस्तै संखुवासभाबाट राप्रपाकै ७९ बर्षीय टिकाराम शाहीले पनि उम्मेदवारी दिएर अहिले चुनावी प्रचारमा होमिएका छन् । ७६ बर्षका उम्मेदवार राप्रपाकै मोरङका रेवत बहादुर कार्की हुन् । उनी होटल ब्यवसाय गर्ने ब्यक्ति हुन् अहिले मोरङ क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन् । मोरङमै ७५ बर्षका स्वतन्त्र उम्मेदवार कृष्ण राईले पनि उम्मेदवारी दर्ता गराएका छन् । संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका जसबहादुर योङ्हाङ ७४ बर्षको उमेरमा ताप्लेजुङबाट प्रतिनिधि सभाकालागि उम्मेदवार बनेका छन् । त्यस्तै ७३ बर्षको उमेरमा उदयपुरबाट नेपाली कांग्रेसका डा नारायण खड्का उम्मेदवार छन् । पटक पटक उम्मेदवार बन्दै कहिले सांसद र कहिले मन्त्री बन्ने मौका पाएका खड्का यो पटक पनि प्रतिष्पर्धामा छन् । उनको प्रतिष्पर्धी नेकपा एमालेकी ४८ बर्षीय मञ्जुकुमारी चौधरी हुन् । त्यस्तै मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवार भएका डा शेखर कोईराला ७२ बर्षको उमेरमा उम्मेदवार बनेका छन् । यस अघि नेकपा एमालेका लालबाबु पण्डितसँग पराजित भएका कोईराला यो पटक पनि उनै पण्डितसँग प्रतिस्पर्धा गर्दैछन् । पण्डित ६३ बर्षका भए भने उनकै अर्का प्रतिष्पर्धी राप्रपाका गोेपाल कटुवाल क्षेत्री हुन् । उनी पनि ६४ बर्ष काटिसकेका उम्मेदवार हुन् । झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका कृष्णप्रसाद सिटौला पनि ७२ बर्ष काटेका नेता हुन् । उनका प्रतिष्पर्धी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ५७ बर्ष मात्र पुगेका छन् । ७२ बर्षे अर्का उम्मेदवार हुन् झलनाथ खनाल । प्रधानमन्त्री, पार्टीको महासचिव भएर नेकपा एमालेमा भुमिका खेलिसकेका नेता खनाल अहिले नेकपा एकिकृत समाजवादीबाट पुनः उम्मेदवार भएका छन् । उनी २०४८ सालदेखि निरन्तर शक्तिमा आएका नेता हुन् । खनाल निरन्तर चुनाव लड्दै आएका छन् । आगामी मंञिसर ४ गते हुने निर्वाचनमा ७० बर्ष कटेका उम्मेदवारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पर्छन् । उनी ७० बर्ष पुरा भएका छन् । त्यस्तै अन्य ३ जना उम्मेदवार पनि ७० बर्ष कट्नेमा पर्छन् । जनता समाजवादी पार्टीकी राधा थापा र वीरबहादुर राई तथा राप्रपाका कुमारबहादुर थापा ७० बर्षमा उम्मेदवार भएका छन् । त्यस्तै मंगोल नेशनल अर्गनाईजेशनका पुर्णबहादुर गुरुङ र स्वतन्त्र उम्मेदवार सहिमुद्दिन मियाँ पनि ७१ बर्षीय उम्मेदवार हुन् । दुबैजना सुनसरीबाट उम्मेदवार बनेका छन् । धनकुटाका सुनिलबहादुर थापा ६३ बर्षका छन् । मोरङ २ बाट चुनाव लडेकी पूर्व उपप्रधानमन्त्री सुजाता कोईराला ६७ बर्षकी छिन् । ईलामबाट चुनाव लडेका सुवासचन्द्र नेम्वाङ ६९ बर्षको भए । नहार्ने नेतामा चिनिएका नेम्वाङ संविधान सभाको अध्यक्षको समेत भुमिकामा थिए । सोलुखुम्बुमा कांग्रेसबाट निरन्तर चुनावी मैदानमा उत्रिएका बलबाहादुर केसी र नेकपा मालेका विष्णुप्रसाद वास्तोला ६९ बर्षका छन् । त्यस्तै सँधै निर्वाचनको बेला चर्चामा रहने सुनसरी क्षेत्र नम्बर ३ का विजय कुमार गच्छदार ६८ बर्षीयहुन् । उनको प्रतिस्पर्धी भगवती चौधरी ५१ बर्षकी भईन् ।

 

 

 

यहाँ कमेन्ट गर्नुहोस्