०४ जेठ २०८१, शुक्रबार

मोरङ क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनको यस्तो छ निर्वाचन परिचालन तालिका

Click Biratnagar

विराटनगर । सत्ता गठबन्धनले निर्वाचन क्षेत्र केन्द्रीत चुनाव प्रचार प्रसारलाई तिब्र बनाएको छ । निर्वाचन परिचालन कमिटिले क्षेत्र केन्द्रीत कार्यक्रमको तालिका बनाएर अभियानलाई अघि बढाएको हो । बुधबार नेपाली कांग्रेस पार्टी कार्यालय विराटनगरमा बसेको क्षेत्र नम्बर ४ निर्वाचन परिचालन कमिटिको बैठकले चुुनाव प्रचार प्रसारको तालिका सार्बजनिक गरेको छ। निर्वाचन लक्षित कार्यक्रमको लागि १७ गतेदेखिको कार्यतालिका सार्बजनिक गरिएको छ। १७ गते विराटनगरको घिनाघाट र पुष्पलाल चोकबाट मोटरसाईकल र्याली सहितको कार्यक्रमबाट तय गरिएको चुनाव परिचालन कमिटिका संयोजक महेश रेग्मीले जानकारी दिए । त्यस्तै १८ गते बेलवारी ७ र विराटनगर ३ मा घरदैलो राखिएको छ। २० गते विराटनगर १९, कटहरी ३ ग्रामथान ४ र कटहरी २ मा घरदैलो र कोणसभा राखिएको छ । कात्तिक २१ गते कटहरी ४, कटहरी ३, ग्रामथान २ र विराटनगर १० मा घरदैलो र कोणसभा राखिएको नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति विनोद बस्नेतले जानकारी दिए ।
कात्तिक २२ गते पनि विराटनगर ३ र १०, ग्रामथान २ र कटहरी ४ मा घरदैलो, कात्तिक २३ गते कटहरी ६, कटहरी १, ग्रामथान ५ र विराटनगर १ मा मतदाता लक्षित घरदैलो र कोणसभा गरिने बस्नेतले जानकारी दिए । कात्तिक २४ गते कटहरी ६ र ग्रामथान ७ मा घरदैलो र विराटनगर क्षेत्रमा कोणसभा गर्ने सत्ता गठबन्धनको निर्णय छ । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विजय विस्वास, नेकपा एकिकृत समाजवादीका क्षेत्रीय संयोजक भीमबहादुर बस्नेत समेतको उपस्थितीमा क्षेत्रीय निर्वाचन परिचालन समितिको बैठक बसेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्