१६ चैत्र २०८०, शुक्रबार

कटहरीमा युवाको नाङ्गो जुलुस

संवाददाता

कटहरीका युवाहरुले नाङ्गो जुलुस

विराटनगर । मोरङको कटहरीका युवाहरुले नाङ्गो जुलुस निकालेका छन् । राष्टिय युवा संघ नेपाल कटहरी गाउँपालिकाको अगुवाईमा अध्यादेश विरुद्धको बिरोध कार्यक्रममा युवाहरु नाङ्गै जुलुसमा निस्किएका थिए । अध्यादेश चाहिँदैन पार्टी फुटाउन पाईँदैन भन्ने नारा सहित बजारमा ब्यानर सहित निस्किएको युवाहरुले सरकार बिरुद्ध चर्का नारा लगाएका थिए । युवा संघका केन्द्रीय सदस्य सुशिल रिजालले सरकारले गरेको गलत निर्णयको बिरोधमा आफुहरु आन्दोलनमा लागेको बताए। सरकार अध्यादेशसँगै नांगिएको सांकेतिक जुलुस निकालिएको रिजालको भनाई छ। नेपाली कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन भएसँगै बिभिन्न माग राख्दै नेकपा एमाले निकट बिद्यार्थी अनेरास्वबियु तथा युवा संघ प्रदर्शन गर्दै आएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्