१३ बैशाख २०८१, बिहिबार

मोरङ ४ (ख) काउम्मेदवार घिमिरेको आक्रामक चुनावी अभियान

संवाददाता

विराटनगर । मोरङ ४ (ख) काएमाले उम्मेदवार जीवन घिमिरेले निर्वाचन क्षेत्रमा चुनावी अभियान आक्रामक बनाएका छन् । विराटनगरका १, २, ३, ८, १०, कटहरीका १, २ र ३ मा घरदैलो, टोलभेला तथा मतदाता भेटघाटलाई तीव्र पारेका हुन् । एमाले उम्मेदवार घिमिरे मतदाताका घर–घरमापुग्दा छुट्टै उत्साह दिने गरेका छन् । प्रदेशका मन्त्री भएको वेला घिमिरेले गरेको कामबाट मतदाता प्रभावितभएकाबताउने गरेका छन् । मतदाताको घरदैलोमा घिमिरे पुग्दा ‘तपाईबाट ठुलो आशा गरेका छौं’ भन्ने गरेका छन् । एउटा जनप्रतिनिधिले कतिसम्म काम गर्ने सक्दो रहेछ भनेर तपाईबाट थाहाभयो विराटनगर ८ कामनोज महतोले बताए ।
विराटनगर ३ मा घिमिरे मतदाताको घर–घरमा पुग्दा छुट्टै उत्साह दिएका थिए । घिमिरे प्रति जेष्ठ नागरिकले बढी भरोसा गरेको बताएका छन् । मन्त्री भएका समयमा जेष्ठ नागरिकको भवननिर्माण, दिवा केन्द्र सञ्चालनमा सहयोग लगायतकाकारण जेष्ठ नागरिकहरु खुशीभएका छन् । घिमिरेले चुनावजितेमात्रै जेष्ठ नागरिकको पक्षमा कामहुने उनीहरुको भनाई छ ।
एमाले उम्मेदवार घिमिरेले ५ वर्षमा निर्वाचन क्षेत्रको समग्र विकासकालागि उल्लेखनिय काम गरेका छन् । सडक निर्माण, कालेपत्रे, स्तरोन्नती, सामुदायिक भवन निर्माण, जेष्ठ नागरिकको भवन निर्माण, प्रविधिमैत्री विद्यालय निर्माण, सामाजिक विकास लगायतका क्षेत्रमा उल्लेखनिय काम गरेका छन् । ५ वर्षको अवधिमाएमाले प्रदेशसभाका उम्मेदवार घिमिरेले गरेका कामनै अहिले चुनावमा भोट माग्ने आधार बनेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्