१६ चैत्र २०८०, शुक्रबार

समाचकेवा पर्वमा उम्मेदवार बस्नेतको हाईहाई

संवाददाता

विराटनगर । सामाजिक क्षेत्रमा कहलिएका नेकपा एमालेको तर्फबाट मोरङ क्षेत्र नं ६ (२) का प्रदेशसभा सदस्य उम्मेदवार पर्शुराम बस्नेतको सबैतिर चर्चा देखिन्छ । त्यस्तै देखियो समाचकेवा पर्बको आवसरमा आयोजित कार्यक्रममा । हलभरी खचाखच भरिएका विराटनगर १२ का स्थानीयले पर्शुरामको राम्रै गुणगान गाए । जनताका बीचमा बसेर काम गर्ने जनप्रतिनिधि छान्न बस्नेतले मतदातालाई सुझाए ।
समाचकेवा उत्सवका अवसरमा अप्पन विराटगढ समाजले आयोजना गरेको कार्यक्रममा नेता बस्नेतले आउँदो आमनिर्वाचनमा आफ्नो गाउँ ठाउँमा बसेर सुख दुखमा साथ दिने जनप्रतिनिधि छान्न आग्रह गरेका हुन् ।
देशको विकासमा स्पष्ट खाका कोरेको भन्दै एमालेको नीति तथा नेतृत्वमा सरकार बनाउन सहयोग गर्न अपिल गरे । उनले देशमा अधिकारको लागि सबैभन्दा बढी संघर्ष गरेको पार्टी एमाले भएको बताउँदै उनले महिलाको हक अधिकार एमालेलेमात्र स्थापित गराउँने बताए । समृद्धि, पारदर्शिता, राजनीतिक स्थायित्वको पक्षमा एमाले भएकाले अहिले एमालेमा जनलहर बढको बताउँदै बस्नेतले आगामी निर्वाचनमा ढुक्क भएर एमालेलाई मतदान गर्न बस्नेतले अनुरोध गरे । उनले नेपालमा सबैभन्दा उत्तम पार्टी एमाले भएकाले एमालेको सरकार बन्यो भने अधुरा कामहरु पूरा गर्ने र नयाँ परियोजनाहरु कार्यन्वयन गर्न सजिलो हुन्छ । सोही क्षेत्रका प्रतिनिधि सभाका सदस्यका उम्मेदवार लालबाबु पण्डितले जनताको भावना अनुसारका कामहरु गरेकोले आफु अहिले चुनावी मैदानमा उत्रिएको बताए । ‘म जनताको भावना अनुसार फेरी एक पटकलाई उम्मेदवार भएको छु, उनले भने, यो नै मेरो अन्तिम उम्मेदवारी हुने छ, जनताको हितमा काम गर्नेछु ।’

यहाँ कमेन्ट गर्नुहोस्