११ बैशाख २०८१, मंगलबार

पर्शुरामको चुनावी कसरत: माओवादी र काँग्रेसका ८० भन्दा बढी एमालेमा प्रवेश

संवाददाता

विराटनगर । विराटनगर वडा नं. १२ मा नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेस परित्याग गरी ८० जनाभन्दा बढी नेकपा (एमाले)मा प्रवेश गरेका छन् । नेकपा (एमाले) विराटनगर १२ शाखा कमिटीले वुधबार आयोजना गरेको कार्यक्रममा माओवादीका भगनलाल यादवको नेतृत्वमा माओवादी र काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई एमालेका तर्फबाट मोरङ क्षेत्र नं. ६ (२)का उम्मेदवार पर्शुराम बस्नेतले स्वागत गरे ।
एमाले प्रवेश गर्दै भगनलाल यादवले विगतमा चुनावमा भोट हालेर आपूmले जिताएका जनप्रतिनिधिले जनताका मागहरु सम्वोधन नगरेको, सर्वसाधारणलाई सिँढी बनाएर आपूm पदमा पुग्ने चेष्टामात्र गरेकाले जनताको पक्षमा काम गर्ने पार्टी एमालेमा प्रवेश गरेको बताए । उनले एमालेका उम्मेदवार पर्शुराम बस्नेतले जनताको पक्षमा काम गर्दै आएकाले उनलाई जनप्रतिनिधि बनाउन आफूहरु जुट्ने प्रतिबद्धता व्यक्त गरे ।
नवप्रवेशीलाई स्वागत गर्दै उम्मेदवार बस्नेतले एमाले गरीब, सुकुम्बासी, मजदुर र सर्वहाराको पार्टी भएकाले सबैको हितमा काम गर्ने बताए । मुलुकको हितमा काम गर्ने र आममानिसको जीवनस्तर उकास्ने योजना नेकपा एमालेसँग मात्र भएको बताए ।
मोरङ क्षेत्र नं. ६ (२)मा बस्नेत सहित गठबन्धनबाट काँग्रेसका केदार कार्की, स्वतन्त्र उम्मेद्वार गोपाल रेग्मी र काँग्रेस (वीपी) का तर्फबाट जर्नादन निरौला प्रतिष्पर्धामा छन् । बस्नेत युवा र स्थानीय समाजसेवीका रुपमा परिचित छन् भने प्रदेशका मन्त्री समेत रहेका कार्की पटक–पटक विवादमा मुछिदै आएका छन् । रेग्मीले विराटनगरको कार्यकारी अधिकृत हुँदा ‘राम्रो काम गरेको’ छवी बनाएका थिए भने निरौला मजदुरमाझ परिचित छन् ।

यहाँ कमेन्ट गर्नुहोस्