१५ चैत्र २०८०, बिहिबार

जनताको विश्वास गुम्न नदिने घिमिरेको प्रतिबद्धता

संवाददाता

विराटनगर ।मोरङ क्षेत्र नं. ४ (ख) काएमाले उम्मेदवार जीवन घिमिरेले जनताको विश्वास आफुले गुम्ननदिने प्रतिबद्धता व्यक्त गरेका छन् । ५ वर्षअघि भारी मतान्तरले विजय गराएको स्मरण गराउँदै एमाले उम्मेदवार घिमिरेले भने,‘ यस पटक पनि सूर्यमामतदानगरि विजयी गराउनुहोस्, त्यो विश्वासलाई गुम्नदिने छैन ।’
विराटनगर १० माआजआयोजितकोणसभालाई संवोधनगर्दै एमाले उम्मेदवार घिमिरेले ३७महिनामन्त्रीहुँदा गरेका ३७ वटा मुख्यकामहरु तपाईको हातहातमालिएर आएको छु । ५ वर्षका हरपल क्षण जनताको सेवामाविताएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ मेरा प्रतिष्पर्धीले ५ वर्षका ६० महिनामा ५ वटा कामपनि देखाउन सक्ने अवस्था छैन ।’
केन्द्र र प्रदेश दुवै सरकार एमालेको बन्नुपर्ने र त्यो आधार तयार भएको उहाँको भनाई छ । उहाँले प्रदेश र संघका दुवै सरकार एमालेले बनाउँदामात्रै विकास र समृद्धिको सपना पूरा हुने बताउनुभयो । विराटनगर १० को कोणसभामा सयौं मतदाताहरुको सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्