१३ बैशाख २०८१, बिहिबार

विराटनगरमा बालिका र किशोरीलाई बाल यौन शोषण विरुद्ध कानुनी सचेतना

संवाददाता

विराटनगर । माइती नेपालले बालिका र किशोरीहसँग मानव वेचविखन तथा ओसारपोसार र वाल यौन शोषण नियन्त्रणकालागि एक दिने सचेतना कार्यक्रम संचालन गरेको छ। किशोरी र बालिकाहरु लक्षित अभिमुखीकरण कार्यक्रममा मानव बेचविखन तथा ओसारपोसार र वाल यौन शोषण विरुद्ध कानुनी अबस्था कार्वाहीको बारेमा प्रशिक्षण दिईएको थियो । विराटनगरमा आयोजित कार्यक्रममा बाल क्लबमा आबद्ध बालिका र किशोरीहरु सहभागी थिए ।
विराटनगर महानगरपालिकाका महिला बालवालिका महाशाखा प्रमुख डिल्ली प्रसाद धिमालले किशोरीहरुलाई प्रशिक्षण दिँदै बालबालिकाको अबस्था, बालिकाहरुमाथि हुनसक्ने जोखिम र न्युनिकरण गर्नका लागि बाल क्लबको भुमिका महत्वपुर्ण हुने बताए। उनले अहिले पनि किशोरीहरु जोखिममा रहेकोले त्यसको लागि कानुनी सचेतना आबश्यक रहेकेका बताए ।
माइती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले सीमा क्षेत्रका बालिका र किशोरीहरु जोखिममा हुनसक्ने कुरालाई ध्यानमा राखेर बाल क्लबमा आबद्ध किशोरीहरुलाई प्रशिक्षण दिईएको जानकारी दिए । बाल क्लब मार्फत किशोरी तथा बालिकाहरुले मानव बेचविखन तथा ओसारपसार र बाल यौन शोषण नियन्त्रणकाको अभियान हरेक बिद्यालय र घर घरमा पुग्ने भएकोले बाल क्लब मार्फत अभियान चलाईएको पोखरेलले बताए । कार्यक्रममा १८ बर्ष मुनिका २५ जनाको सहभागीता रहेको माइती नेपालकी गीताञ्जली शर्माले बताईन् ।

यहाँ कमेन्ट गर्नुहोस्