१४ बैशाख २०८१, शुक्रबार

जीवन पुगेको ठाउँमै पुगेर मतदाताले भने ‘जीत सुनिश्चित भयो’

संवाददाता

विराटनगर । कटहरी गाउँपलिका वडा नम्बर २ को आदर्श टोलकी करिब ७० बर्षीय ईन्द्रमायाँ अधिकारीले भोट माग्न आउनेहरुलाई भब्य स्वागत गरिन् । त्यहाँ पुगेका उम्मेदवारलाई दही पनि खुवाईन् र माला लगाएर बधाई दिईन् । सोमबार बिहान करिब ७ बजे मोरङ क्षेत्र नम्बर ४ (२) का उम्मेदवार जीवन घिमिरे कार्यकर्ता सहित त्यो टोलमा भोट माग्न पुगेका थिए । उनले आएका उम्मेदवारलाई सम्झाउँदै भनिन् ‘चुनाव भनेको अप्ठेरो नै हुन्छ तर यो पटक राम्रो वातावरण बनेको छ, विजयी भएको देखेको छु, धेरै शुभकामना ।’
जीवन घिमिरेलाई मन पराउनुको कारण भनेको अहिलेसम्म कोही पनि जितेपछि गाउँ नै जाँदैन थिए यो ५ बर्षमा उनी निरन्तर गाउँमा जाने दुख सुखको कुराकानी गर्ने अनी अप्ठेरो सारोगाह्रो गरेको बेला सहजै उपलब्ध हुने भएको कारण असाध्यै राम्रो नेता भएको उनले सुनाईन् । अर्का जेष्ठ नागरिक अप्सरा प्रसाईँ पनि उनको उपस्थितीमा निक्कै खुसी थिईन् । जेष्ठ नागरिकको लागि भलो सोच्ने उम्मेदवारको रुपमा उनले जीवनलाई चित्रण गरिन् । उनका अनुसार यसरी भोट माग्दै दिनमा २–३ वटा समुहरु आउँने गरेका छन् । भोट माग्न आउने उम्मेदवारको हाउभाउ र अनुहारले नै हार र जीत थाहा हुने बताएकी प्रसाईँले जीवनको अनुहारले नै जितको संकेत गरेको बताईन् ।
जीवन जत्तिको अहिलेसम्म खट्ने उम्मेदवार नै नदेखेको सुनाईन् । कुनैपनि पार्टीमा झुकाव नभएको बताएका यी दुई जेष्ठ नागरिकको कुराले नागरिक कस्ता उम्मेदवार खोज्दैछन् भन्ने स्पष्ट देखिन्थ्यो ।
घरदैलोमा निस्किएका मोरङ क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका प्रतिनिधि सभाका उम्मेदवार विनोद ढकाल र प्रदेश (ख) का उम्मेदवार जीवन घिमिरे सोमार बिहानै कटहरी गाउँपालिकामा घरदैलोमा थिए । त्यहाँ पुगेका उनीहरुलाई मतदाताले उद्योगले गरेको प्रदुषण समस्या समाधान गर्न पनि आग्रह गरेका छन् । कुकुर खोला किनारमा बस्ने सुनिता ऋषिदेवले अहिले दुबै उम्मेदवारसामु जुटमिलले फोहोर पानी खोलामा फाल्दा प्रदरषण भएको सुनाईन् । ‘पहिला जीवन घिमिरेकै पहलमा छलफल भएर समाधान भएको थियो, फेरी फोहोरपानी छाडेको छ, उनले भनिन्, अब तपाईँले यस्तो समस्याको फेरी समाधान गरिदिनु पर्यो ।’ हिजोपनि जनताको हितमा नै काम गरेको र भोली पनि जनताको साथमा नै हुने घिमिरेले प्रतिबद्धता जनाए । प्रतिनिधि सभाका उम्मेदवार ढकालले हिजोका दिनमा प्रतिनिधि सभामा जिताएका उम्मेदवारले कामै नगरेपछि क्षेत्र नम्बर ४ को विकासकोलागि आफु प्रतिनिभ सभामा उम्मेदवार बनेकोले नागरिकका समस्यामा साझेदार भएर अघि बढ्ने प्रतिबद्धता जनाए ।

यहाँ कमेन्ट गर्नुहोस्