०६ बैशाख २०८१, बिहिबार

विराटनगरको प्रतीक चिन्ह (लोगो) बनाउनेलाई एक लाख दिने महानगरको निर्णय

संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) प्रयोगमा ल्याउने भएको छ । विराटनगरको उत्कृष्ट लोगो बनाउनेलाई एक लाख दिने पनि महानगरले घोषणा गरेको छ। कात्तिक ३ गते बसेको विराटनगर महानगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक आब्हान गर्ने निर्णय गरेको थियो । इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्नेगरि आब्हान भएको विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले जानकारी दिएए ।
मंसिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई छनौट प्रक्रियामा सामेल गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । छनौटमा परेको उत्कृष्ट लोगोलाई एक लाख नगदले पुरस्कृत गरिनेछ । छनौट भएको लोगो महानगरले प्रयोगमा ल्याउने तयारी गरिएको कोईरालाको भनाई छ । लोगोमा समेटिनुपर्ने विषय र शर्तसहित महानगरले सोमबारको गोरखापत्र दैनिकमा सूचनासमेत प्रकाशित गरिसकेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्