०६ चैत्र २०८०, मंगलबार

एमालेले विराटनगरमा शक्ति प्रदर्शन गर्ने

संवाददाता

विराटनगर । नेकपा (एमाले) मोरङले विराटनगरमा वृहत् शक्ति प्रदर्शन गर्ने भएको छ । निर्वाचन क्षेत्र ४ र ६ का कार्यकर्ता तथा समर्थकहरूले बिहीबार विराटनगर बजारमा शक्ति प्रदर्शन गर्ने भएका हुन् । सो पार्टीको जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक बाबुराम कार्कीका अनुसार विराटनगर तथा बूढी गंगा गाउँपालिकाको सीमा पुस्पलाल चोकबाट बाजागाजासहित वृहत् ¥याली प्रदर्शन गरिनेछ । ¥यालीमा दुवै क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार, केन्द्रीय, प्रदेश, जिल्ला र महानगर कमिटीका नेता तथा कार्यकर्ता, पार्टीका समर्थक र शुभचिन्तकहरू सहभागी हुनेछन् ।
¥याली पुस्पलाल चोकबाट सुरु भई बुद्ध चोक, ठूलोमिल, भट्टा चोक, तीनपैनी, शनिहाट मोड, जलजला चोक, ट्राफिक चोकहुँदै महेन्द्र चोकमा पुगेर सभामा परिणत हुनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्