०६ चैत्र २०८०, मंगलबार

यस्तो देखियो विराटनगरमा मतपेटिका ढुवानी र ब्यवस्थापन (फोटाहरु)

संवाददाता

विराटनगर । मोरङमा मतगणना आजै शुरु हुन सक्ने संभावना कमजोर बन्दै गएको छ । सबै मतदान केन्द्रहरुबाट मतपेटिका ल्याउने काम भईरहेकोले यसलाई ब्यवस्थापन गर्नको लागि समय लाग्ने भएपछि मत गणना भोली मात्र हुनससक्ने मोरङका मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले जानकारी दिए । मतपेटिका ब्यवस्थापन गर्नकालागि करिब १२ बज्ने र राती मतगणना हुनसक्ने अबस्था नदेखिएको उनले बताए । मोरङ क्षेत्र नम्बर १ मा मत पेटिका संकलन गर्न करिब २ बज्ने बताईएको छ। त्यस्तै क्षेत्र नम्बर २ मा पनि मतपेटिका ब्यवस्थापन गर्न २ बज्ने अनुमन गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएकोछ । क्षेत्र नम्बर ३ मा पनि मतपेटिका संकलनको काम भईरहेको छ । त्यहाँ करिब १ बजेसम्ममा मतपेटिका ब्यवस्थापनको काम सकिने अनुमान गरिएको छ। क्षेत्र नमबर ४, ५ र ६ को मत पेटिका संकलन भईरहेको छ। विराटनगरमा रहेको आदर्श माध्यामिक बिद्यालयमा हुने मतगणना स्थलमा अहिले मतपेटिका ल्याउने र बुझाउनेहरुको भिड लागेको छ। यसलाई ब्यवस्थापन गर्नकालागि मतदान अधिकृत तथा कर्मचारीहरुको लामो लाइन लागेको छ । 

यहाँ कमेन्ट गर्नुहोस्