०६ चैत्र २०८०, मंगलबार

मोरङ क्षेत्र नम्बर ४,५ र ६ को मतदान दिउँसो १ बजेदेखि शुरु हुने

संवाददाता

विराटनगर । मोरङ जिल्लाका तीन क्षेत्रको मतगणना दिउँसो देखि मात्र मतगणना शुरु हुने भएको छ। विहान बसेको सर्बदलीय बैठकले क्षेत्र नम्बर ४,५ र ६ को मतगणना दिउँसो १ बजेदेखि विराटनगरको आदर्श माध्यामिक विद्यालयमा गर्ने निर्णय गरेको हो । केहीबेर अघि बसेको सबैदलीय बैठकले दिउँसोदेखि मत गणना गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले जानकारी दिए । त्यस्तै क्षेत्र नम्बर १ र २ को सर्बदलीय बैठक बसिरहेको छ भने क्षेत्र नम्बर ३ मा सर्वदलीय बैठक १२ बजेलाई बोलाईएको छ। दलहरु बिच बस्ने बैठकले कति बजेदेखि मतगणना शुरु हुने भन्ने निक्र्यौल निस्कनेछ । क्षेत्र नम्बर ४,५र ६ को मतगणनाको समय तोकिएको भएपनि अन्य क्षेत्रको भने कतिवजेदेखि शुरु हुने भन्ने अझै टुंगो लागेको छैन ।

यहाँ कमेन्ट गर्नुहोस्