०६ चैत्र २०८०, मंगलबार

मोरङमा शुरु भयो मत गणना

संवाददाता

विराटनगर । मोरङको ४ क्षेत्रमा मत गणना शुरु भएको छ। मोरङ क्षेत्र नम्बर ६ को सुन्दर हरैँचा नगरपालिकाको ज्योती मावि क, ख र ग मतदान केन्द्रबाट मत गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले जानकारी दिए । यी नै केन्द्रबाट प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिकको मत गणना पनि शुरु भएको उनले बताए । मोरङ क्षेत्र नम्बर ४, ५ र ६को विराटनगरमा रहेको आदर्श माध्यामिक बिद्यालयमा मत गणना शुरु भएको हो । त्यस्तै क्षेत्र नम्बर ३ को पनि मतगणना शुरु भएको निर्वाचन अधिकृतले जनाएका छन् ।
मोरङ क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृतले मतगणना ढिला भएको भन्दै दलका नेता कार्यकर्ताहरुले मत गणना गर्न दवाव शुरु गरेका छन् । सर्बदलीय बैठक १ बजे बस्ने भनिएको भनेर निर्णय गरेको भएपनि कुनैपनि तयारी नभएको भन्दै दलका कार्यकर्ताले बाहिर दवाव दिएका छन् ।
मोरङको क्षेत्र नम्बर १ मा अझै सर्बदलीय बैठक अझै बस्न सकेको छैन । सर्बदलीय बसेर मत गणना हुने जनाईएको छ।

यहाँ कमेन्ट गर्नुहोस्