०६ चैत्र २०८०, मंगलबार

जयप्रकाशलाई बधाई दिँदै गुरुराजले भने ‘जनताको मतको कदर गर्छु’

संवाददाता

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ (१) बाट नेकपा एमालेका उम्मेदवार जय प्रकाश चौधरी निर्वाचित भएपछि उनका प्रत्यासी नेपाली कांग्रेसका गुरुराज घिमिरेले जनताको जनमतको कदर गर्ने बताएका छन् । जनता भगवान भएको भन्दै उनले जनताले दिएको मतलाई सम्मान गद्र्रै निर्वाचित चौधरीलाई सहयोग गरेर जाने बताए । उनले पछिल्लो समय युवाको चाहना अनुसार चौधरीको जीत भएको बताउँदै घिमिरेले पराजयलाई आफुले एउटा पाठको रुपमा सिकाई भएको सुनाए । ‘जीत र हारलाई सहज रुपमा स्वीकार गर्नु पर्छ , उनले भने, प्रदेश सभामा आफ्नो अनुभव र ज्ञानको आधारमा चौधरीलाई सघाएर जानेछु ।’ प्रभावकारी नेतृत्व प्रदान गर्न उनले चौधरीलाई शुभकामना दिएका छन् ।
निर्वाचित भएका चौधरीले आफ्नो अभिभावकको रुपमा घिमिरेलाई सँगै लिएर अघि बढ्ने बताए । आगामी ५ बर्ष आफ्नो कार्याकालमा नागरिकको अपेक्षा र भावना अनुसार काम गरेर जाने चौधरीको भनाई छ। सामाजिक क्षेत्रबाट राजनीतिमा आएका चौधरीले १५४६५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका गुरुराज घिमिरेले १५०५९ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले अधिकारीक विवरण घोषणा गरेको छैन ।

यहाँ कमेन्ट गर्नुहोस्