०६ चैत्र २०८०, मंगलबार

विद्यालयमा मत गणनाहुँदा बालबालिकाको पढाई प्रभावित

संवाददाता

विराटनगर । मंसिर ४ गते भएको निर्वाचनबाट आगामी ५ बर्षको लागि नयाँ जनप्रतिनिधि छान्ने काम भईरहेको छ। ४ गते र ५ गते सार्बजनिक बिदा थियो । ६ गतेदेखि सबै बिद्यालय तथा सरकारी कार्यालयहरु खुलेका छन् । विद्यालयमा नियमित पठन पाठन भईरहेको भएपनि विराटनगरको आदर्श माध्यामिक बिद्यालयका बालबालिका कति त बिद्यालय आउनै पाएका छैनन् भने कतिपय बालबालिकाहरु सकसमा पढ्दैछन् । ३ हजार २ सय विद्यार्थी पढ्ने यो बिद्यालय ३ दिनदेखि अबरुद्ध छ । यसको कारण भनेको विद्यालयलाई निर्वाचनको मत गणना स्थल बनाईनु । हरेक निर्वाचनमा यो बिद्यालय यसैगरी प्रयोग हुन गरेकोछ । अहिले प्रदेश सभा र प्रतिनिधि सभाको मत गणना जारी छ । हरेक निर्वाचनमा यही विद्यालय प्रयोग हुन्छ ।
विद्यालयले प्राबिधिक धारका बिद्यार्थीलाई बिहान पढाएको छ भने बाँकी दिउँसोका बिद्यार्थीलाई प्रविधिक भवनमा पढाएको छ । साईन्स ब्लकमा क्षेत्र नम्बर ५ को मत गणना भईरहेको कारण त्यहाँका सबै प्रभाबित भएकोछ । बिहान ६ बजेदेखि ११ बजे पढ्नु पर्ने बिद्यार्थीहरु अहिले विहान ६ः३० देखि ९ः३० सम्म मात्र पढ्न पाउँछन् । अंग्रेजी माध्याम अन्तरगत दिउँसोको कक्षा एथावत पढाई भएपनि नेपाली माध्यामका बिद्यार्थीहरुलाई अर्कै बिद्यालयमा लगेर पढाउनु परेको आदर्श माध्यामिक बिद्यालयका प्रधानाध्यापक सन्तोष पोख्रेलले बताए । ‘विद्यालयका सबै कक्षाहरु मतगणनामा प्रयो भएपछि नेपाली माध्यामका बिद्यार्थी नजिकै रहेको बालिका मा.वि.मा विहानको समयमा पढाउने गरिएको छ, उनले भने, कक्षा ५ सम्मका विद्यार्थीहरुलाई अहिले विदा दिईएको छ।’ वालिका माध्यामिक विद्यालयमा पढ्ने बालबालिकाले जम्मा ३ घण्टा मात्र पढ्न पाउँछन् । विहान ६ः३० मा त्यहाँ पुग्ने र ९ः३० सम्म पढेपछि विदा हुने गरेको पोख्रेलले बताए । विहान ९ः३० बजेपछि त्यस बिद्यालयका विद्यार्थी आउने हुँदा विद्यार्थीहरुको पढाईको समय पनि छुट्याईएको छ।
२०७४ सालको निर्वाचनमा बालबालिकाको पढाई लामो समय प्रभाबित भएपछि विद्यालयमा मतगणना गर्न नहुँदै भन्दै चौतर्फी आलोचना भएको थियो । त्यसैको आधारमा विद्यालय प्रशासन, प्रमुख जिल्ला अधिकारी सहित निर्वाचन कार्यालयका प्रमुख सहित बैठक बसेर आदर्श माबिलाई मत गणना स्थल नबनाउने सहमती भएको थियो । विद्यार्थी कम भएका, खाली रहने क्याम्पसहरुलाई मतगणना स्थलको रुपमा प्रयोग गर्न सकिने भएपनि सुरक्षाको कारण देखाउँदै सँधै आदर्श माबिलाई नै मत गणना स्थल बनाईने गरेको प्रअ पोख्रेलले बताए । ३ दिनदेखि बालबालिकाको पढाई प्रभावित भएको छ । अब आईतबारसम्ममा मत गणनाका सबै प्रक्रिया सकिने निर्वाचन कार्यालयबाट जानकारी आएको पोख्रेलले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्