१६ चैत्र २०८०, शुक्रबार

विराटनगरमा मंसिर २६ देखि विराट एक्स्पो हुने

संवाददाता

विराटनगर । विराटनगरमा विराट एक्स्पो २०७९ (कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी) हुने भएको छ । उद्योग सङ्गठन मोरङको आयोजनामा आर्थिक एवम् औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यका मेलाको आयोजना गर्न लागेको हो । मङ्सिर २९ देखि आगामी पुस ६ गतेसम्म हुने विराटनगरको डिग्री क्याम्पसमा मेला आयोजना गर्न लागेको संगठनका अध्यक्ष सुयसराज प्याकुरेलले जानकारी दिए ।
सङ्गठनले सबैभन्दा पहिलो एक्स्पोको २०५३ सालमा ‘कोशी महोत्सव’–का नामबाट शुरु भएको थियो । २०७९ मा विराट एक्स्पोको सातौँ संस्करणसम्म आइपुग्दा यो एक्स्पो नेपालमा आयोजना हुने थोरै औद्योगिक प्रदर्शनीमध्ये आफ्नै छुट्टै औद्योगिक प्रदर्शनीको पहिचान र ब्रान्डको स्थापना गर्न सफल भएको उनले बताए।
उत्पादक र उपभोक्ताबिच व्यावसायिक अनुभवकोप्रत्यक्ष आदान–प्रदान हुनेछ । एक्स्पोले उद्यमी–व्यवसायीलाई व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न पर्याप्त सघाउ पु¥याउने उद्देश्य राखिएको मेला आयोजक समितिका संयोजक भोलेश्वर दुलालले जानकारी दिए । कृषि–उत्पादनको व्यवसायीकरण गर्न एक्स्पोको अहम् भूमिका हुने कुरामा हामी विश्वस्त छौँ, उनले भने, यसबाहेक यसबाट पर्याप्त रूपमा पर्यटकीय गन्तव्यको प्रचार–प्रसार हुने र आन्तरिक पर्यटनको प्रवद्र्धन हुने हाम्रो विश्वास छ ।’ यस एक्स्पोबाट नवप्रवद्र्धक (स्टार्टअप)–हरूको व्यावसायिक विकासमा सहयोग पुग्ने, स्वदेशी उत्पादनको उत्पादकत्व एवं बजारको दायरा फराकिलो बनाउन योगदान पुग्ने बताईएको छ।
एक्स्पोमा ३६१ स्टल रहने दुलालले जानकारी दिए । पर्यटन पेभिलियन (६ वटा), लगानी पेभिलियन (६ वटा), श्रम–रोजगार तथा सीप पेभिलियन (१५ वटा), स्टार्टअप पेभिलियन (२५ वटा), प्रयोजक स्ट १० वटा, उद्योग संगठनका कार्यसमितिको ३४ स्टल रहने छ । औद्योगिक (कर्पोरेट तथा डिस्प्ले प्रोडक्ट) ७५ स्टल, कृषि तथा साना घरेलु एवम् सूचनामूलक (वस्तु तथा सेवा) परिसर ७५ स्टल रहने जानकारी दिईएको छ । एक्स्पोमा नाडा प्रदेश १ र मोरङ अटोमोबाइल एसोसिएसनद्वारा प्रवद्र्धित अटोमोबाइल र खाद्य परिकार रहने छ । एक्स्पोमा भारत, पाकिस्तान र बङ्गलादेशबाट मिल–मेसिनरी तथा अन्य उत्पादनहरू सहित पाकिस्तानबाट छालाजन्य उत्पादनहरू, बङ्गलादेशबाट गार्मेन्ट्स तथा भारतबाट विशेष गरी हेल्थ र किचेनका आइटमहरूको सहभागिता रहने आयोजकले जनाएको छ। तेह्रथुमको ढाका, सङ्खुवासभाको अल्लो, ताप्लेजुङको राडी–पाखी, इलामको ललीपप, चिया तथा जुम्लाका अर्गानिक उत्पादनहरू लगायतको सहभागिता रहने छ। एक्स्पोमा २ लाख दर्शकले अबलोकन गर्ने अनुमान गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्