१४ बैशाख २०८१, शुक्रबार

शुद्ध दुध होम डेलिभरी गर्न उपभोक्ताको आग्रह

संवाददाता

इटहरी । शुद्ध दुध प्याकिङ गरी उपभोक्ताको घर घरमा पुर्याईदिन इटहरीको दुग्ध उत्पादक सहकारी संस्थालाई उपभोक्ताहरुले आग्रह गरेका छन् । इटहरीमा गाईभैसीको शुद्ध दुध खरिद विक्रि गर्ने संस्था भनेर परिचित दुग्घ उत्पादक सहकारी संस्थालाई अब दुधको होम डेलीभरी सुविधा उपलब्ध गरिदिन आग्रह गरेका हुन ।
सोमबार आफ्नै कार्यलयमा आयोजना गरिएको संस्थाको ४५ औँ बार्षिक साधारणसभामा बोल्ने वक्ता तथा उपभोक्ताहरुले बजारमा पानी मिसाएको दुधखाँदा हैरान भएको भन्दै संस्थाले शुद्ध दुधको होम डेलीभरीको सुविधा दिनुपर्ने धारणा राखे ।
शहरकाचौक चौकमाखुलेकाअनगिन्ती डेरीपसल र मोटरसाईकल, साईकलमा डुलाउँदै ल्याउने दुधवाला कसैबाट पनि शुद्ध दुधखाननपाएको पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाकाअध्यक्षदिनेश भट्टराईले बताए ।
उनले भने, “मैले थाहापाए देखी यो संस्थाले शुद्ध दुध खरिद विक्रीगर्दै आएको छ । हामी शुद्ध दुधखोज्दै कहाँजाने मिसावट दुधखाएर हैरान भैयो, अब संस्थाले नै प्याकिङ गरी घर घरमा पुर्याउने व्यवस्था गर्नु पर्छ ।” अध्यक्ष भट्टराई जस्तै अन्यवक्तातथाउपभोक्ताहरुले पनिबजारमा शुद्ध दुधको माग बढ्दै गएको बताए । स्वास्थ्यकालागि शुद्ध दुध आवश्यकता भएपनि पानि मिसावट दुधमा खर्च मात्रै भएको धेरैको गुनासो छ ।
सहकारीहरु नियम कानुन भन्दाबाहिर गएर सञ्चालन भएका कारण समस्यामा पर्ने गरेको केन्द्रीय सहकारी संघका पूर्व केन्द्रीय सदस्य तथा सल्लाहाकार संयोजक उमाकान्तश र्माले बताए ।
पछिल्लो समय पूर्वका धरान, इटहरी लगायतका सहकारीहरु समस्यामा परेर भाग्नुपर्ने स्थिती आएको भन्दै सहकारीहरु नियमअनुसार सञ्चालन हुनुपर्ने बताए ।
किसानबाट संकलन गरिएको शुद्ध दुध नै उपभोक्तालाई विक्रीगर्दै आएको दुग्धउत्पादक सहकारी संस्थाकाअध्यक्ष खेम प्रसाद काफ्ले जानकारी दिए। बजारमा उपभोक्ताको माग बढ्दै गएकाले दुधको प्याकिङ सहितहोम डेलिभरी सर्भिस तर्फ पनि अघि बढ्नुपर्नेआवश्यकता देखिएको अध्यक्ष काफ्ले बताए ।
संस्थाले अहिले दैनिक १ हजार ५ सय लिटर दुध किसानबाट खरिद गरी विक्रीगर्दै आएको छ । योसँगै दहि,पनिर,खुवा, नौनीध्यू सुपथमुल्यमाविक्रीवितरण गर्दै आएको अध्यक्षकाफ्ले जानकारी दिए ।
यस्तै, गाईभैँसीको दाना, चोकर, ब्रान, मैकपिठो,पशु चौधरी, घाँसको विऊलगायतकाअन्य सामाग्रीहरु सहज रुपमाकिसानलाई उपलब्ध गराएर प्रोत्साहनगर्दै आएको संस्थाकाव्यवस्थापकध्रवकोईरालाले बताए ।
सोमबार संस्थाले बार्षिक साधारण सभामा २७जनाकिसान र ७जनाउपभोक्तालाई पुरस्कृत गरेको छ । नियमित रुपमादुधल्याउने, उत्कृष्ठ कारोबार गर्ने किसानलाई सम्मानगरिएको हो । बढि दुधखरिद गर्ने ७जनाउपभोक्तालाई पनि संस्थाले सम्मान गरेको छ ।
नियमित रुपमादुधल्याउने र बढि कारोबार गर्ने किसानश्रीमतीतारा चापागाईलाई ८ हजार बराबरको साईकल पुरस्कार प्रदानगरिएको छ । अन्यकिसानहरुलाई विभिन्न सामाग्री पुरस्कारको रुपमावितरण गरिएको संस्थाका सचिव राजेन्द्र धमलाले जानकारी दिए ।
दुग्धउत्पादक संस्थाले भैँसी पाल्ने कृषकलाई प्रोत्साहन स्वरुप ऋण पनिलगानीगर्दै आएको छ । भैँसी खरिदकालागि समुहजमानीमाबार्षिक १० प्रतिशतव्याजदरमाविनाधितो ऋण उपलब्ध गराउँदै आएको छ ।
किसानकागाईभैँसी सुत्केरी हुँदा १ हजार बराबरको औषधीपनिनिशुल्कउपलब्ध गराउँदै आएको छ । यीलगायतअन्यपशु विमाको कार्यक्रममार्फत सुविधाउपलब्ध गराउँदै आएको संस्थाकाव्यवस्थापकध्रुवकोईरालाले जानकारी दिए ।

 

यहाँ कमेन्ट गर्नुहोस्