०७ बैशाख २०८१, शुक्रबार

विराट एक्स्पो: विराटनगरमा पहिलो पटक भिआर तथा होलोग्राम प्रविधिको प्रयोग गरिने

संवाददाता

विराटनगर । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा पहिलो पटक रोबोट, भिआर तथा होलोग्राम प्रविधिको प्रयोग गरिने भएको छ ।
एक्स्पोमा पहिलो पटक अत्याधुनिक प्रविधियुक्त रोबोट, भिआर तथा होलोग्राम प्रविधिको प्रयोग गर्न लागिएको एक्स्पो प्रचारप्रसार समितिले जनाएको छ । अत्याधुनिक प्रविधियुक्त रोबोट, भिआर तथा होलोग्राम प्रविधि एक्स्पोको आकर्षणको माध्यम हुने आयोजकको विश्वास छ । एक्स्पोमा अत्याधुनिक प्रविधिको प्रयोग गरी आगन्तुकहरूले प्रदेश १ का पर्यटकीय स्थलहरूलाई नजिकबाट नियाल्न सक्ने छन् । प्रदेश १ को पर्यटकीय स्थलहरूलाई प्रबिधिमार्फत आफू नै प्रत्यक्ष त्यहाँ पुगेको अनुभूति हुनेछ । आगन्तुकहरूलाई लक्षित गरी स्टल राख्न लागिएको विराट एक्स्पोका प्रचारप्रसार संयोजक नन्दकिशोर राठीले बताए । एक्स्पोमा भित्राउन लागिएको प्रविधि युवा, विद्यार्थीलगायतका लागि उपयोगी रहेको उनको भनाई छ ।
राठीका अनुसार एक्स्पोमा रोबोटसँग भेटघाट गर्न सकिने व्यवस्था गरिएको छ । यस्तै थ्रिडी भिआर प्रविधिको माध्ययमबाट सगरमाथा बेश क्याम्प, कञ्चनजंघा बेश क्याम्प, ग्योको लेक, पाथीभर क्षेत्रको दृष्यावलोकन तथा धार्मिक टूर गर्न सकिने छ । यस्तै होलोग्राम प्रविधिका माध्ययमबाट समेत भर्चुअल रियालीटीमा बराह क्षेत्र, तीनजुरे मिल्के तथा पाथीभराका दृष्यहरू अवलोकन गर्न सकिने प्रचारप्रसार संयोजक राठीले बताए ।
औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यका साथ एक्स्पोको सातौं संस्करण आयोजना गर्न लागिएको छ । एक्स्पोका माध्ययमबाट उद्योगका उत्पादन प्रदर्शनी र बिक्री गर्नु मात्रै नभई प्रदेश १ को पर्यटकीय क्षेत्रको प्रचारप्रसार, कृषि उत्पादनको व्यवसायीकरणको प्रवद्र्धन गर्ने उद्देश्य पनि रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्