१४ बैशाख २०८१, शुक्रबार

ताप्लेजुङको पाथिभराबाट देखिएको सुर्योदय र हिम श्रृङ्खला (तस्बिरहरु)

संवाददाता

विराटनगर । ताप्लेजुङमा रहेको पाथिभरा देवी विश्वास आस्था एवं पवित्रताकी देवी हुन । पाथिभरा धाममा त्यसरी नै आफ्ना मानोकामना पुरा गर्न त्यहाँ पुग्नेहरुको संख्या धेरै छ । जात, धर्म वा लिङ्गको आधारमा कुनैपनि भेदभाव तथा बन्देज छैन । पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनले गरिन्छ । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा मानिन्छ। त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरूले देवीलाई सौन्दर्य प्रशाधनका सामग्री जस्तै सिन्दुर, टीका, गाजल, काँगियो, आदि पनि यहाँ अनिवार्य रुपमा लिएर जाने गरिएको छ । यो त धार्मिक कुरा भए । यो एउटा असाधारण पर्यटकीय र सुन्दर ठाउँ हो । हिमालसँगै जोडिएको यो पाथिभरा क्षेत्रबाट सबैतिर नियाल्न सकिन्छ । पाथिभराबाट देखिने सुर्योदयले कुम्भकर्ण र कन्चनजंघासँगैका हिमश्रृङ्खलाले जो कोहीलाई मोहित पारिरहेको हुन्छ । यहाँ जाने मौसम दशैँदेखि नै शुरु हुन्छ । मंसिरको पहिलो हप्तासम्म यहाँ सहजै जान सकिने भएपनि मंसिर १५ पछि हिउँ पर्ने स्थानीयहरु बताउँछन् । यस्तो देखिएको थियो पाथिभरा क्षेत्र ।   

यहाँ कमेन्ट गर्नुहोस्